
पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको चन्द्रागिरीमा बुधबार आयोजना गरेको चन्द्रागिरी हिल पर्यटन प्रवर्धन कार्यक्रममा प्रालीका प्रमुख चन्द्रप्रसाद ढकाललाई सम्मान गर्दै । तस्बिर ः रमेश गिरी, रासस
काठमाडौँ, २२ भदौ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चन्द्रागिरिको डाँडामा पृथ्वीनारायण शाहको शालिक निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
आज नेकपा (एमाले) पर्यटन विशेष इलाका कमिटीले काठमाडाँैको चन्द्रागिरिमा आयोजना गरेको चन्द्रागिरि हिल्स पर्यटन प्रवर्धन कार्यक्रममा बोल्दै उहाँले चन्द्रागिरि ऐतिहासिक भूमि भएकाले यहाँ नेपाललाई एकीकरण गर्ने पृथ्वीनारायण शाहको शालिक निर्माण गर्नुपर्ने बताउनुभएको हो ।
अध्यक्ष ओलीले भन्नुभयो, “चन्द्रागिरिको यो डाँडो धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्र हो । पृथ्वीनारायण शाहले यही डाँडाबाट हेरेर जुँगा मुसार्दै काठमाडाँै आक्रमण गर्ने योजना बनाएर सफलता हासिल गरे । त्यसैले यहाँ शालिक निर्माण गर्नु उचित हुन्छ ।”
उहाँले यहाँ धार्मिक तथा ऐतिहासिक महत्व झल्कने पूर्वाधारको विकास गर्न सरकारसँग आग्रह गर्दै भन्नुभयो, “म सरकारलाई यस्ता धार्मिक तथा ऐतिहासिक क्षेत्रको विकास गर्न आग्रह गर्न चाहन्छु । नभए समय पर्खनुस्, यसको विकासमा लाग्ने सरकार बनिहाल्छ ।”
उहाँले चन्द्रागिरि हिल्स प्रालिका प्रमुख चन्द्रप्रसाद ढकाललाई पर्यटन विकासमा योगदान पुरयाएको कदरस्वरुप सम्मान गर्नुभएको थियो ।
प्रालिका प्रमुख ढकालले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न चन्द्रागिरिमा केबलकार सञ्चालन गरेको बताउनुभयो ।
दलका भ्रातृ सङ्गठन र विभिन्न निकायले चन्दा आतङ्क मच्चाउने र धम्की दिने कार्य रोक्नुपर्नेमा उहाँको जोड थियो ।
एमाले अध्यक्ष ओली, ओली पत्नी राधिका शाक्य, एमालेका पूर्वअध्यक्ष एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, सचिव प्रदीप ज्ञवाली, अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, लेखा आयोगका अध्यक्ष पुष्प कँडेल, सल्लाहकार कमिटी अध्यक्ष केशव बडाल, स्थायी कमिटी सदस्य किरण गुरुङ, मुकुन्द न्यौपाने, पूर्वमन्त्री महेश बस्नेतलगायतका एमालेका स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश कमिटी इन्चार्ज, एमाले कार्यकर्ता, पर्यटन व्यवसायी र पत्रकारले चन्द्रागिरिको भ्रमण गरेका थिए ।
केबुलकारमा चन्द्रगिरि डाँडामा पुगेको टोलीले हिल्सले निर्माण गरेका विभिन्न संरचनाका साथै भालेश्वर मन्दिर क्षेत्रको अवलोकन गरेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते