
सोल, २१ भदौ । आगामी वर्षको आफ्नो प्रतिरक्षा बजेटमा भारी वृद्धि गर्ने दक्षिण कोरियाको योजना भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ।
प्रजातान्त्रिक जन गणतन्त्र (उत्तर) कोरियाले बारम्बार क्षेप्यास्त्र परीक्षण गरि रहँदा देशको सामरिक सुरक्षा व्यवस्थामा चुनौति थपिएकाले आणविक शक्ति तथा क्षेप्यास्त्र प्रतिरोध क्षमता बढाउने उद्देश्यले प्रतिरक्षा बजेटमा वृद्धि गर्ने समेत जनाइएको छ ।
वृद्धि गरिएपछि पुरयाइने प्रतिरक्षा बजेट रकम अब ४०३ खरब ३० अरब कोरियाली वन को हुनेछ । यस रकममध्ये उल्लेखनीय रकमः १५ खर्व ८० अर्व कोरियाली वन (एक अर्व ४३ करोड अमेरिकी डलर बराबर) किल चेन एण्ड कोरिया एयर एण्ड मिसाइल डिफेन्स (केम्याड) कार्यक्रममा खर्च गरिनेछ ।
केम्याड कार्यक्रममा देशभित्रै शक्तिशाली क्षेप्यास्त्र प्रतिरोधक (एन्टि मिसाइल) उपकरण उत्पादन गर्ने तथा बाह्य देशहरुबाट खरिद गर्ने कार्य समेत परेका छन् ।
प्रतिरक्षा बजेटमा वृद्धि गर्ने प्रस्ताव संसदको राष्ट्रिय सभामा स्वीकृतिका लागि शीघ्र पेश गरिने जनाइएको छ ।
केम्याड कार्यक्रम अन्तर्गत इन्टरकोप्टर वायुयानको परिमार्जन र विकास, जमीनबाट एकसय किलोमिटर उचाइसम्मको आकाशमा प्रंहार गर्ने क्षमता राख्ने मध्यम दूरीका प्रतिरोधक क्षेप्यास्त्र (मिडियम रेन्ज सर्फेस टु एयर मिसाइल) तथा लामो दूरीका प्रतिरोधक क्षेप्यास्त्र (लङग रेन्ज सर्फेस टु एयर मिसाइल) उत्पादन तथा खरीद आयोजनाहरुसमेत पर्दछन् ।
दक्षिण कोरियाले हरेक वर्ष आफ्नो प्रतिरक्षा बजेटमा वृद्धि गर्ने गरेको तर ४०० खरब वन नाध्ने भएको यो पहिलो पटक हो । यस अघिसम्म एन्टि मिसाइल उपकरणमा कमै मात्र रकम खर्च गर्ने गरिन्थ्यो ।
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस