
काठमाडाँै २० भदौ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले नयाँ नीति बनाएर पुनःनिर्माणको कामलाई तीव्रता दिइने बताउनुभएको छ ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) र सबैका लागि न्यायले ‘भूकम्पपछिको अवस्था’बारे मूल्याङ्कन गर्न आज यहाँ आयोजना गरेको एक कार्यक्रममा प्रवक्ता थपलियाले पुनःनिर्माणको काममा ढिलाइ भइरहेको स्वीकार्दै चाँडै नै नीति ल्याएर त्यसलाई तीव्रता दिइने बताउनुभयो ।
भूकम्पपछिको पुनःनिर्माणका लागि १६ प्रकारका कानुन तर्जुमा गरिइसकिएको पनि उहाँले जानकारी दिनुभयो ।
प्रवक्ता थपलियाका अनुसार काठमाडाँै उपत्यकाको सर्भेको काम एक हप्ताभित्र सकिने छ । उहाँले ६० हजार घर विदेशी अनुदानमा बनाइने जानकारी पनि दिनुभयो ।
छ लाख भूकम्पपीडितको बैंक खाता खोलेर पैसा जम्मा गर्ने काम भइरहेको उहाँको भनाइ छ ।
कार्यक्रममा सांसद कमला पन्तले भूकम्पपीडितमाथि राजनीतीकरण भइरहेको गुनासो गर्दै अझै वास्तविक पीडितले राहत नपाएको बताउनुभयो ।
नेकपा (एमाले)का केन्द्रीय सदस्य ठाकुर गैरेले राजनीतिक पार्टीहरुले जनताप्रतिको उत्तरदायित्वलाई लत्याएको बताउँदै नीतिको शीघ्र कार्यन्वयन गरेर भूकम्पपीडितको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
नियोकका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले राजनीतिक सङ्क्रमणकालले गर्दा पीडितहरुले राहत नपाएको बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते