हाङझाउ (चीन), १९ भदौ । युरोपियन युनियनका अध्यक्ष डोनाल्ड टस्कले आइतबार शरणार्थीको थप प्रवाह धान्ने युरोपको क्षमता लगभग सकिएको बताउँदै अन्य अन्तराष्ट्रिय समुदायलाई आफ्नो जिम्मेवारी स्वीकार गर्न आग्रह गर्नुभएको छ ।
बीस प्रमुख अर्थतन्त्रको समूह ‘जी ट्वान्टी’को शिखर सम्मेलनका क्रममा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो — “शरणार्थीहरूको नयाँ प्रवाह व्यवस्थापन गर्ने हाम्रो क्षमता सीमाको नजिक पुगेको छ ।”
सिरियाको गृहयुद्धबाट बच्न गत वर्ष ठुलो सङ्ख्यामा शरणार्थी युरोप भित्रिएका थिए ।
मुसलमान आतङ्ककारी आक्रमण र बढ्दो विश्वव्यापीकरण विरुद्धको भावनाका कारण क्रूर द्वन्द्व पिडित शरणार्थीलाई आश्रय नदिने विषय त्यस क्षेत्रका नेताहरूका लागि तातो राजनीतिक विषयको रूपमा रहँदै आएको छ ।
तीन वर्षको एक सिरियाली बालकको ग्रिसको समुद्री तटमा डुवेर मृत्युभएको तस्बिर आप्रवासीले आफ्नो यात्रामा भोगेका पीडाको सङ्केतको रूपमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा अत्यधिक मात्रामा प्रकाशन भएका थिए । त्यसले आप्रवासीप्रतिको नकारात्मक भावना कम गराउन सहयोग गरेको थियो ।
टस्कले संसारभर छ करोड ५० लाख आप्रवासी रहेको बताउदै उनीहरूका लागि ‘जी ट्वान्टी’ ले जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो ।
गत मार्चमा ईयु र टर्कीबीच आप्रवासीको प्रवाह रोक्ने विवादास्पद सम्झौता भएको थियो ।
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते