
लन्डन । शान्ति नेपाली समाज बेलायतले हिन्दू नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजका अवसरमा विशेष कार्यक्रम गरेको छ । सामसुङ ब्याङक्यूटिङ हलमा आयोजित उक्त कार्यक्रम जेष्ठ अतिथि कुन्तकला खरेल र कार्यक्रमका सभापति अध्यक्ष काशीनाथ शर्माले दीप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।
उक्त अवसरमा तीज गीत, कविता, लाखे नाच प्रदर्शन भयो । कार्यक्रम संस्थाका अध्यक्ष काशीनाथ शर्माको अध्यक्षतामा भएको हो । सुनिता तिवारीले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाका प्रवक्ता भुपेन्द्र पाठकले स्वागत मन्तव्य दिए ।
पञ्चकन्याबाट राष्ट्रिय गान, नेपाली शहीदप्रति मौनधारण गरेर शुरु कार्यक्रममा श्रीमती गोमा पौडेलले शुभकामना मन्तव्य दिइन् ।
कार्यक्रममा दिप्ती सापकोटाले वर्ष दिनको तीज आयो, सृष्टि के.सी. र दिपा न्यौपानेले हामी नेपाली नारी हौं, विनिता थापा, निशा खत्री र खुसी गिरीले सानो भयो मादलु, जानकी गिरी र बिष्णु माझीले मैं छोरी गीतमा नाचे भने अशोक भट्टराईले गीत गाए ।
सुजु खत्री लगायतका कलाकाकारहरूबाट गीत र नाच समेत प्रस्तुत भएको थियो । ठाकुर भट्टराईले कविता वाचन गरे । साथै अन्य कलाकारहरूले समेत आ आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मनकामना महिला समूहकी अध्यक्ष सिता खरेल, बिन्दु पराजुलीका बुवा आमा ठाकुर भट्टराई र श्रीमती टाकी माया भट्टराई, ध्रुव खरेलका बुवा आमा डिलाराम खरेल र श्रीमती कुन्तकला खरेल, भुपेन्द्र पाठकका बावु आमा झपेन्द्र पाठक र श्रीमती लिलादेवी पाठक, नेत्रराज गिरीका बुवा आमा टेक बहादुर र श्रीमती खड्क कुमारी गिरी, गोकर्ण थापाका बुवा आमा योगासन सोदास बहादुर र श्रीमती तितेरा कुमारी थापा लगायत गल्कोट समाज यूकेका उपाध्यक्ष सुरेस भण्डारी र हाम्रो नेपाली समाज यूकेकी उपाध्यक्ष श्रीमती गोमा पौडेलको विशेष आतिथ्यता र करिव चार सयको उपस्थिति थियो ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई