
निजामति सेवा दिवस २०७३ का अवसरमा सामान्य प्रशासन मन्त्रालयमा शुक्रबार आयोजित राजनीति र प्रशासन बीचको अन्तरसम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको कार्यान्वयन र आर्थिक समृद्धिका लागि वर्तमान सरकार पूर्ण क्रियाशीलताका साथ लागिपरेको बताउनुभएको छ ।
अग्रवाल सेवा केन्द्रले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आन्तरिक राष्ट्रिय एकताको सम्बद्र्धन गर्दै सबै वर्ग तथा क्षेत्रलाई एकतामा ल्याउने र संविधानको कार्यान्वयन गर्न सरकारले सबै उपाय अवलम्बन गरेको बताउनुभयो ।
मुलुकभित्रका तमाम समस्यालाई समाधान गर्दै आर्थिक समृद्धिको विकास तथा विस्तार गर्नु वर्तमान सरकारको प्रमुख दायित्व रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भारत र चीनजस्ता ठूला र उदाउँदा आर्थिक शक्ति सम्पन्न मुलुकसँग मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो – “भारत र चीनको बीचमा तीव्र विकासबाट लाभ लिएर नेपालले आफ्नो समुन्नतिको मार्गप्रशस्त गर्नुपर्छ । त्यसलाई सदुपयोग गर्नुपर्छ ।”
मुलुकको आर्थिक समृद्धिका लागि सहयोग गर्न सक्ने महत्वपूर्ण समुदाय मारवाडी नै भएकाले मुलुक निर्माणको दिशामा लाग्न प्रधानमन्त्रीले मारवाडी समुदायलाई आग्रह गर्नुभयो ।
सांस्कृतिक, सामाजिक र आर्थिक रुपमा मारवाडी समुदाय आर्थिक विकास र गतिविधिमा केन्द्रित रहेको विषय पुष्टि भएको भन्दै उहाँले आगामी दिनमा थप सहयोगको कामना गर्नुभयो ।
नेपालको संविधानले समेट्न बाँकी रहेका केही विषयलाई संविधान संशोधनमार्फत समेट्ने प्रयासमा आफूहरु रहेको प्रधानमन्त्रीको धारणा थियो ।
कार्यक्रममा केन्द्रले मुलुकलाई सवल र सक्षम नेतृत्व गर्न र राष्ट्रिय समस्या समाधानमा पूर्णरुपमा क्रियाशील भएर लाग्न आग्रह गर्दै प्रधानमन्त्री दाहाललाई सम्मान गरेको थियो ।
केन्द्रका अध्यक्ष महेशकुमार चौधरी, उद्योगी वसन्तकुमार चौधरी, राजेन्द्र खेतानलगायतले आर्थिक विकासका लागि सरकारले तत्काल अपनाउनुपर्ने विभिन्न कदमका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।
सामाजिक सेवामा क्रियाशील अग्रवाल सेवा केन्द्र २०४७ सालमा स्थापित सामाजिक संस्था हो ।
केन्द्रले निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क खानेपानी सेवा, स्वास्थ्य शिविर, बाढी पहिरोपीडितलाई सहयोग, निःशुल्क खानेपानी सेवा, बृहद् रक्तदान कार्यक्रमजस्ता सामाजिक काम गर्दै आएको सो अवसरमा जानकारी गराइएको थियो ।
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
हिटलरको घर अब प्रहरी चौकी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा