नयाँ दिल्ली, १६ भदौ । अमेरिकी विदेश मन्त्री जोन केरीले आफ्नो भारत भ्रमण लम्ब्याउनुभएको सरकारी स्रोतले जानकारी दिएको छ ।
तीन दिने औपचारिक भ्रमणको क्रममा विदेश मन्त्री केरी गत सोमबार साँझ राजधानी नयाँ दिल्ली आउनु भएको थियो । बुधबार अबेर राति उहाँ वासिङ्गटनतर्फ फर्किने समय तालिका निश्चित गरिएको थियो ।
विदेशी सञ्चार माध्यमहरुले अमेरिकी विदेश विभागका प्रवक्ता मार्क टोनरलाई उद्धृत गर्दै केरी भारतीय राजधानीमा शुक्रबार या शनिबारसम्म रहनुहुने बताएका छन् ।
यसपछि, चीनको हाङ्गझाउमा हुन गईरहेको जी–२० शिखर सम्मेलनमा भाग लिन आउनु हुने अमेरिकी राष्ट्रपति बाराक ओबामालाई भेटी बिदेश मन्त्री केरी पनि सँगसँगै सहभागी हुनुहुने छ ।
गतःमङ्गलबार सम्पन्न दोस्रो भारत(अमेरिका व्यापार तथा वाणिज्य रणनीतिगत वार्ता बैठकमा अमेरिकी वाणिज्य मन्त्री पेनि प्रिज्कर तथा विदेश मन्त्री केरीले संयुक्तरुपमा उपसभापतिको आसन ग्रहण गर्नुभएको थियो ।
सो वार्तामा भारतीय पक्षबाट विदेश मन्त्री सुष्मा स्वराज तथा वाणिज्य तथा उद्योग राज्यमन्त्री निर्मला सीतारामनले प्रतिनिधित्व गर्नु भएको थियो ।
विश्वका बीसवटा आर्थिक एवम् औद्योगिक राष्ट्रहरुको सङ्गठन जी–२० को शिखरसम्मेलन यस पटक चीनमा आगामी सेप्टेम्बर ४ देखि ५ सम्म आयोजना गरिँदैछ ।
केरीले बुधबारै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्नुभएको छ ।
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
हिटलरको घर अब प्रहरी चौकी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा