काठमाडौँ, १६ भदौ । सरकारले दुई छिमेकी मुलुक भारत र चीनका लागि राजदूतहरु सिफारिस गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौड्याललाई प्रस्ताव गर्ने निर्णय गरेको सरकारका प्रवक्तासुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । उपाध्याय यसअघि पनि भारतका लागि नेपाली राजदूत हुनुहुन्थ्यो । उहाँलाई अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले करिब चार महिनाअघि फिर्ता बोलाएको थियो । पौड्याल नेपाल सरकारका पूर्व मुख्यसचिव हुनुहुन्छ ।
यसअघि पूर्ववर्ती सरकारले पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई चीनका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस गरे पनि नयाँ सरकारले त्यसलाई रद्द गरेको थियो । दुई छिमेकी मुलुकमा निकट भविष्यमै उच्च (प्रधानमन्त्री र राष्ट्रपति) स्तरका भ्रमण हँुदैछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले यही भदौ अन्तिममा भारतको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । त्यस्तै चीनका राष्ट्रपतिले पनि निकट भविष्यमै नेपाल भ्रमण गर्नुहुने बताइएको छ ।
त्यस्तै बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा मीनबहादुर श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । डा श्रेष्ठ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुनुहुन्छ । बैठकले प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा अर्थविद् डा श्रीराम पौडेल र परराष्ट्र सल्लाहकारमा कूटनीतिक मामिलाका जानकार डा ऋषि अधिकारीलाई नियुक्ति गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्रीले जानकारी दिनुभयो ।
बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाको निर्वाचनसम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद् बैठकमा सरकारका सचिव हेरफेरबारे सामान्य छलफल भए पनि कुनै निर्णय भने भएन ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते