
बार्सिलिया, १६ भदौ । ब्राजिलको संसद सिनेटले अन्तरिम राष्ट्रपति पदमा कार्यरत माइकल टेमरलाई राष्ट्रपति पदमा निर्वाचित गरेको छ ।
पूर्वराष्ट्रपति डिल्मा रुसेफलाई भ्रष्टाचारजन्य महाभियोग लागी निलम्बित भएपछि टेमरले कार्यवाहक राष्ट्रपतिको रुपमा काम सम्हाल्दै आउनुभएको थियो ।
निलम्बित पूर्व राष्ट्रपति डिल्मा रुसेफको सट्टामा गत मे महिनादेखि राष्ट्रपति पद सम्हाल्दै आउनुभएका माइकल टेमरको पूर्णकार्यकाल अब सन् २०१८ को अन्त्यसम्म रहने छ ।
नयाँ राष्ट्रपतिको निर्वाचन सँगसँगै निवर्तमान राष्ट्रपति डिल्मा रुसेफ संसदबाट औपचारिक रुपमा नै बाहिरिनु भएको छ ।
गत मे १२ मा कार्यवाहक राष्ट्रपति नियुक्त पाएदेखि टेमरले राष्ट्रिय महत्वका कुनै पनि परिवर्तनकारी निर्णय गर्नुभएको थिएन ।
यद्यपी डिल्मा रुसेफले देशको अर्थतन्त्रमा तहसनहस पारेर छोडेको भनिएको अवस्थाउपर उहाँको यस कार्यकालमा तीनवटा सुधारका कार्यक्रम लागू गरिएको दाबी छ ।
पहिलो, मुलुकको बढ्दो मुद्रा स्फिति नियन्त्रण गर्न एक बलिष्ठ अर्थविज्ञ समूहको गठन, दोस्रो मुलुकभित्र वैदेशिक लगानी भित्र्याउन गरिएको प्रयास र तेस्रोमा कर उठाउने तथा श्रम क्षेत्रमा गरिएको सुधारका प्रयासहरु व्यवस्थापन पर्दछन् ।
राजनीतिज्ञ तथा सचेत ब्राजिलियाली जनतामाझ लोकप्रियता आजन गर्न नसकेकता पनि टेमरले सबै राजनीतिक दलहरुसँग सङ्घीय र राज्यस्तरमा समन्वय सदभाव कायम राख्न गरिएको प्रयास प्रशंसनिय मानिएको छ ।
सन् १९२० मा आप्रवासीको रुपमा टेमरका परिवार लेवनानबाट ब्राजिलमा बसाईसरी आएका थिए ।
टेमर साओ पाउलो राज्यको टिटेमा सन् १९४०, २३ सेप्टेब्बर जन्मनुभएको थियो ।
आठ भाई छोरामध्ये उहाँ सबभन्दा कान्छो हुनुहुन्छ । उहाँ कट्टर क्रिश्चियनको रुमपा परिचित हुनुहुन्छ ।
उहाँलाई सान पाब्लोस्थित फोन्टिफिकल क्याथोलिक युनिभर्सिटीले कानुन विधामा डाक्टरी उपाधि प्रदान गरको छ ।
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
हिटलरको घर अब प्रहरी चौकी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा