
भक्तपुर, १६ भदौ । भक्तपुरमा पनि स्क्रब टाइफसको नयाँ बिरामी भेटिएको छ ।
भक्तपुर जिल्ला अस्पतालमा बिरामी भएर उपचारका लागि आएका छ वर्षका एक बालकलाई स्क्रब टाइफस भेटिएको अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा शम्भुदत्त जोशीले जानकारी दिनुभयो ।
मुसा वा छुचुन्द्रोमा हुने एक प्रकारको किरा ‘माइट’ले टोकेमा सर्ने यो रोग दोस्रो विश्व युद्धपछि फेरि देखापरेको उहाँले बताउनुभयो ।
मुसा मारेर आएको बिरालो समातेमा पनि यो किराको सङ्क्रमण हुन सक्ने बताउँदै उहाँले उपचारमा ढिलाइ गरे यसबाट ज्यानै जान सक्ने उल्लेख गर्नुभयो ।
यो रोग लागेमा सुरुमा शरीरमा डाबर आउने, ज्वरो आउने, टाउको दुख्ने, शरिरमा गाँठा देखिने, टोकेको ठाउँमा खरानी रङ्गको राबर आउने, पछि कलेजो, श्वासप्रश्वास, आन्द्रा, रगतको नली फुटेर ज्यानै जानसक्ने डा जोशीले जानकारी दिनुभयो ।
यो रोगको सङ्क्रमण भक्तपुरमा पहिलोपटक देखापरेको भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नवराज गेलालले जानकारी दिनुभयो । जनचेतनाको अभावले रोगको सङ्क्रमण बढ्न सक्ने भएकाले सबैलाई सचेत गराउनुपर्ने बताउँदै सरकारले यो रोगको निःशुल्क उपचार र औषधिको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।
भक्तपुरमा यो रोगका बिरामी अरु पनि हुनसक्ने आशंका गर्दै उहाँले अस्पतालमा यसको परीक्षण गर्ने प्रविधि अर्थात् किटको व्यवस्था गर्नु अति आवश्यक भएको डा जोशीले बताउनुभयो ।
नेपालमा यो रोगबाट अहिलेसम्म करिब ४०० जना सङ्क्रमित भएको र पाँचजनाको ज्यान गइसकेको अस्पतालले जनाएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते