
काठमाडौँ, ११ भदौ । नेकपा (एमाले) का युवा नेताले देशमा संविधान जारी भइसकेको अवस्थामा त्यसको कार्यान्वयनसँगै मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिकरूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
नेकपा (एमाले) केन्द्रीय स्कुल विभागले यहाँ आज आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सचिव योगेश भट्टराईले ‘एक्काइसाँै शताब्दीको राजनीति र सञ्चार विषय’ मा प्रशिक्षण दिँदै अहिलेको अवस्थामा संविधान कार्यान्वयन गर्नका लागि सबै दल मिल्नुको विकल्प छैन भन्नुभयो ।
नेपालमा पछिल्लो पटक सूचना प्रविधि तथा आमसञ्चारको विकाससँगै सञ्चारमा फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालको विकास हुनु आफँैमा सकारात्मक भएको उहाँको भनाइ थियो ।
यही भदौ ७ गतेदेखि सुरु भएको प्रशिक्षणमा युवासङ्घ नेपालका केन्द्रीय पदाधिकारी र सचिवालय सदस्य गरी दैनिक ४० जनाको सहभागिता रहेको छ । प्रशिक्षण १३ गते सम्पन्न हुनेछ ।
त्यस्तैगरी, ‘तराई मधेसको समस्या समाधान’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै (एमाले) पोलिटब्युरो सदस्य लालबाबु पण्डितले तराई, पहाड र हिमालबीच समस्या ल्याउनेभन्दा पनि समाधानतर्फ सबैको ध्यान हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले स्थानीय निकायमा महिला र दलितको अनिवार्य सहभागिता, ‘आफ्नो गाउँ आफैँ बनाउँ’ कार्यक्रम ल्याउनुका साथै वृद्धभत्ता, विधुवाभत्ता, अपाङ्गभत्ताका साथै सामाजिक सुरक्षामा जोड दिनुका साथै विकासका कामलाई तीव्रता दिएको बताउनुभयो ।
मधेसी समुदायका नेता अधिकारका निम्ति एकजुट हुनेभन्दा पनि अवसरमा लागि विभाजित हुने गरेको उहाँको भनाइ छ । पोलिटब्युरो सदस्य पण्डितले मधेसी दल पटक–पटक सरकारमा सहभागी भएपनि मधेसी समुदायका लागि केही गर्न नसकेको टिप्पणी गर्नुभयो ।
‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह
९ बुँदे ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सकियो नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
एनआरएनए ,अवकाश प्राप्त राष्ट्रसेवक, निजी क्षेत्रका विज्ञबीचको छलफलमा के भयो ?
नेपाल आदिवासी जनजाति महासङ्घद्वारा सांसदसमक्ष १८ बुँदे अडानपत्र प्रस्तुत
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण