अमात्रिस (इटाली), ९ भदौ । इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको सङ्ख्या बिहीबार करिब २५० पुगेको छ ।
उद्वारको कार्य जारी रहेको छ र उद्वारकर्मीहरूका अनुसार अझै पनि कैयौँ व्यक्ति पुरिएर रहेका छन् । सो भूकम्पका कारण सयौँ घर ध्वस्त भएको बताइए तापनि तर धनजनको क्षतिको पूर्ण विवरण आइसकेको छैन ।
अमात्रिसमा मात्र २ सयभन्दा बढी व्यक्तिको मृत्यु त्यहाँ मेयर सर्गीओ पिरोजीले बताएका छन् ।
इटालीको अमात्रिसको गाउँको जनसङ्ख्या करिब २ हजार ५ सय मात्र रहेको भएता पनि भूकम्पले अति प्रभावित यस इकालामा पाहुनाहरू रहेका बताइएको छ । अमात्रिस गाउँमा अवस्थित होटेल रोमामा बसेका करिब ३२ जना पाहुना बेपक्ता भएका छन् ।
बुधबार बिहान सवेरै ६.२ रिक्टर स्केलको भूकम्प गएको हुनाले हताहत हुने व्यक्तिहरू सङ्ख्या बढी भएको बताइएको छ । सो भूकम्पमा परी करिब ३६८ जना घाइते भएका छन् ।
इटालीको नागरिक प्रतिरक्षा विभागले दिएको जानकारीअनुसार भूकम्पको उद्धारमा खटिएका उद्धारकर्मीहरूले अझै पनि धेरै व्यक्ति भग्नावशेषमा पुरिएर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् ।
इटालीका दुर्गम गाउँहरू उमरिया, मार्के र लाजियोमा यस भूकम्पले बढी क्षति पुरयाएको बताइएको छ ।
इटालीमा सन् २००९ पछिको यो सबैभन्दा शक्तिशाली भूकम्प हो । सन् २००९ मा यहाँ गएको भूकम्पमा परी कम्तीमा पनि ३०० जनाको ज्यान गएको थियो ।
हिजो दिनभरी र गएराति पनि उद्वारकर्मीहरूले कैयौंँ व्यक्तिलाई भग्नावशेषबाट जीवितै उद्वार गरेको नागरिक प्रतिरक्षा विभागले जनाएको छ ।
यसको उद्धारका लागि ठूलो सङ्ख्याका सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । शक्तिशाली भूकम्पपछिका पराकम्पहरूका कारण जनजीवन त्रसित भएको बताइएको छ ।
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो