
काठमाडौँ, ६ भदौ । नेपाली काँग्रेस निकट भ्रातृ सङ्गठन नेपाल तरुण दल र नेपाल महिला सङ्घको महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न सभापति शेरबहादुर देउवाले निर्देशन दिनुभएको छ ।
“तरुण दलको महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँणको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, सुरेन्द्रराज पाण्डे, सांसद शङ्कर भण्डारी, रामकृष्ण यादव, हृदयराम थानी र सरिता प्रसाइं सदस्य रहनुभएको नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरिएको छ”– काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई यथाशक्य सहयोग पुरयाइ आवश्यक निर्देशनसमेत गर्न नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन र परिमार्जित) को धारा २४ (६) बमोजिम अगाडि बढ्न सभापति देउवाले निर्देशन दिनुभएको हो ।
त्यसैगरी सांसद तथा नेता एनपी साउदको संयोजकत्वमा केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त र प्रदीप पौडेल सदस्य रहनुभएको नेपाल महिला सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिसमेत गठन गरिएको छ ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन