
काठमाडौँ, ६ भदौ । मन्त्रिपरिषद्ले मङ्गलबारसम्म पूर्णता पाउने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग प्रधानमन्त्री पुष्पकमल दाहालले आज उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा भेटी मङ्गलबारसम्म आफ्नो नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी गराउनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो ।
भेटमा उपराष्ट्रपतिले उपराष्ट्रपतिको कार्यालय र आवासका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । उपराष्ट्रपतिले अन्तरिम संविधान २०६३ को व्यवस्थानुसार उपराष्ट्रपतिको व्यवस्था भए पनि हालसम्म उपराष्ट्रपति कार्यालयको आफ्नै भवन नभएकामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले उपराष्ट्रपतिको कार्यालय र आवास एउटै स्थानमा हुने गरी उपराष्ट्रपति भवनका लागि स्थान तोकिदिन प्रधानमन्त्रीलाई अनुरोध गर्नुभयो । प्रधानमन्त्री दाहालले उपराष्ट्रपतिको कार्यालय र निवास भवनका लागि आफू गम्भीर भएको बताउँदै मन्त्रिपरिषद्ले पूर्णता पाउनासाथ निर्णय लिइने बताउनुभयो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते