
काठमाडौँ, ६ भदौ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को आठौँ अर्थमन्त्रीस्तरीय बैठक यस क्षेत्रको व्यापार सहजीकरण तथा लगानी प्रवद्र्धनका मुद्दामा केन्द्रित हुने भएको छ ।
यही अगष्ट २५ र २६ तारिखमा पाकिस्तानको राजधानी स्लामावादमा हुने बैठकमा क्षेत्रीय व्यापार तथा लगानीका विषयले प्राथमिकता पाउने भएको हो ।
सार्क मुलुकले अर्थमन्त्रीस्तरीय बैठकमा व्यापार सहजीकरणदेखि ‘साउथ एसियन इकोनोमिक युनियन’ बनाउनेसम्मका विषयमा छलफल हुँदै आएको छ । पछिल्लो बैठकमा व्यापार सहजीकरण तथा ‘कनेक्टिभिटी’का विषयले प्राथमिकता पाउने अर्थमन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव सूर्य पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्त्रीस्तरीय बैठकपछि दक्षिण एसियाली मुलुकको पूर्वाधार विकासका लागि सार्क विकास कोषको सञ्चालनका सम्बन्धमा सहभागी मन्त्रीबीच छलफल हुनेछ । गतवर्ष नेपालमा भएको साताँैं सार्क अर्थमन्त्रीस्तरीय बैठकका निर्णयको कार्यान्वयनको समीक्षा हुनेछ ।
बैठकमा भाग लिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले पाकिस्तान जाने कार्यक्रम तय भएको उहाँका प्रेस सल्लाहकार त्रिभुवन पौडेलले जानकारी दिनुभयो ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह