
फलेवास (पर्वत), ५ भदौ । राष्ट्रिय आविष्कार केन्द्र बनाउनका लागि घरदैलो अभियान सुरु भएको छ ।
पटक पटक सरकारसँग आग्रह गर्दा पनि आविष्कार केन्द्रका लागि आवश्यक सहयोग नपाएपछि म्यागासेसे पुरस्कार विजेता महावीर पुनले घरदैलो अभियान सुरु गर्नुभएको हो ।
अबको युग विज्ञान र प्रविधिको युग भएकाले विज्ञान र प्रविधिको विकासबिना मुलुक अघि बढ्न सक्दैन । सरकारले जतिसुकै आर्थिक क्रान्तिका कुरा गरे पनि विज्ञान र प्रविधिको विकास नभएसम्म मुलुकले फड्को मार्न नसक्ने भन्दै आविष्कार केन्द्र खोल्नका लागि घरदैलो अभियान सुरु गरिएको शनिबार पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा पुनले बताउनुभयो ।
विगत चार वर्षदेखि राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि तयारी भए पनि सरकारले बेवास्ता गरेपछि जनस्तरबाटै आविष्कार केन्द्र सञ्चालन गर्न आवश्यक सहयोग माग्दै आफू घरदैलो अभियानमा हिँडेको उहाँले उल्लेख गर्नुभयो । उहाँले मुलुकभित्रै थुप्रै सम्भावना र स्रोतहरु रहेको तर आवश्यक खोज र अनुसन्धान हुन नसक्दा ती स्रोतहरुको समुचित प्रयोग हुन नसकेको भन्दै आविष्कार केन्द्र तत्काल सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
आविष्कार केन्द्रका लागि तत्काल रु ४० देखि ५० करोड आवश्यक लाग्ने भएको छ । उक्त रकम र बैंकहरुबाट ऋण लिएर १० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने र सोही आयोजनाबाट भएको आम्दानीले आविष्कार केन्द्र सञ्चालन गर्ने योजना रहेको छ ।
एउटै विषयमा खोज र अनुसन्धान गर्न करोडौँ रुपैयाँ आवश्यक पर्ने भएकाले त्यस्ता प्रतिभा र अनुसन्धानकर्तालाई सहयोग गर्न सकिने भएको छ । विभिन्न मुलुकमा नेपाली वैज्ञानिकले खोज अनुसन्धान गरेर ती मुलुकलाई आर्थिक क्रान्तिमा अघि बढाएको अवस्थामा सरकारले यस्तो कार्यमा लगानी गर्न नसकेको उहाँले बताउनुभयो ।
उहाँले आवश्यक सहयोग गरेर उक्त अभियानमा साथ दिन पनि सबैलाई आग्रह गर्नुभएको छ ।
उक्त आविष्कार केन्द्रमार्फत कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा, वनजङ्गल जुनसुकै क्षेत्रमा पनि काम गर्न सकिने भएको छ । एउटै विषयलाई अनुसन्धान गर्न र त्यसबाट लाभ लिनका लागि वर्षौं लाग्ने भएकाले पनि तत्काल फाइदा हुँदैन तर भविष्यमा नेपाललाई विश्वका अन्य धनी राष्ट्रसरह बनाउन सकिने उहाँको तर्क छ ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा