
नेदरल्याण्डमा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलमा सहभागी भएर शुक्रबार बिहान स्वदेश फर्केका नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।
काठमाडौँ, ३ भदौ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न नेदरल्यान्ड्स गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान स्वदेश फर्किएको छ ।
नेपालले नेदरल्यान्ड्मा घरेलु टोलीसँग जारी लिगको चौथो चरणअन्तर्गत दुई खेल खेलेको थियो जसमा एक जित र समान हारको नतिजा निस्कियो । गत साउन २९ गते भएको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई सात विकेटको नतिजा सुम्पियो भने दोस्रो खेलमा सानदार प्रदर्शन गर्दै १९ रनले पराजित गरयो ।
जारी लिग च्याम्पियनसिप प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्ससहित हङ्कङ, पपुवान्युगिनी, स्कटल्यान्ड्स, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स (युएई) गरी आठ राष्ट्र सहभागी छन् ।
आठ टोलीमध्ये शीर्ष चार टोलीले बङ्गलादेशमा सन् २०१८ मा हुने आइसिसी विश्वकप छनोट खेल्ने अवसर पाउने छन् । विश्वकप खेल्ने महत्वपूर्ण खुट्किलोका रुपमा रहेको प्रतियोगितामा नेपाल छ अङ्कका साथ छैटौँ स्थानमा छ । तर नेपालले अब हङ्कङ, केन्या र युएईसँग खेल्न बाँकी छ ।
स्वदेश फर्किएलगत्तै नेपाली टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेष्नवाकरले युरोपको फरक मौसमको चुनौतीको सामना गर्नका बाबजुद नेपालले बलियो नेदरल्यान्ड्सलाई हराएको स्मरण गर्दै भन्नुभयो – “अबका खेलमा झन राम्रो प्रदर्शन गर्नेछौँ र नेपाललाई छनोट गराउनेछौँ ।” भेषावकरले अर्को खेल आउन अझै छ महिना बाँकी रहेकाले सोबीचमा राम्रोस्तरका टोलीसँग नेपालले पर्याप्त खेल खेल्न जरुरी रहेको धारणा राख्नुभयो ।
नेपाल यसअघि स्कटल्यान्ड्स र पपुवान्युगिनीसँग भएका खेलमा पराजित भएको थियो । तर घरमै भएका नामिबियासँगका दुई खेलमा भने नेपाल विजयी भएको थियो ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा