
काठमाडौँ, २ भदौ । नेकपा (एमाले) स्थायी समितिको बैठकले नवौँ राष्ट्रिय महाधिवेशनले निर्दिष्ट गरेका विचार, नीति तथा सङ्गठनात्मक व्यवस्थापनतर्फ प्रभावकारी कदम चाल्दै आगामी चुनावी प्रतिस्पर्धामा पार्टीलाई बहुमतसहितको पहिलो शक्ति बनाउन जोड दिएको छ ।
सोका लागि पार्टी अझ बढी सुदृढ र एकताबद्ध बनाउन नेताहरुले सुझाव दिनुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज जारी स्थायी समितिको बैठकमा विगतका काम र पार्टीले नेतृत्व गरेको सरकारको समीक्षा, आगामी निर्वाचन र पार्टीका कार्यभार तथा पार्टीको आन्तरिक जीवन लगायत विषयमा समीक्षात्मक धारणा राख्ने क्रममा सो सुझाव प्राप्त भएको हो ।
आजको बैठकमा नेता घनश्याम भुसाल, पृथ्वीसुब्बा गुरुङ, अमृतकुमार बोहरा, डा पुष्प कँडेल, केशवप्रसाद बडाल, किरण गुरुङ र सत्यनारायण मण्डलले धारणा प्रस्तुत गर्नुभयो ।
संविधान निर्माणलगत्तै संविधानको कार्यान्वयन, मुलुकले व्यहोर्नुपरेको अनपेक्षित नाकाबन्दी, मुलुकको तराई क्षेत्रमा देखिएका तनाव, कतिपय प्रतिकूल भूूराजनीतिक अवस्थाका बीचमा पार्टी अध्यक्षको नेतृत्वमा बनेको सरकारले उपर्युक्त प्रतिकूल परिस्थितिलाई सामान्यीकरण गर्दै जननिर्वाचनका माध्यमबाट संवैधानिक तथा लोकतान्त्रिक स्थायित्व कायम गर्ने दिशामा महत्वपूर्ण सफलता हासिल गरेको कुरा बैठकमा महसुस गरिएको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
राष्ट्रिय स्वाभिमानलाई उच्च बनाउँदै चौतर्फी विकासका माध्यमबाट समतामूलक तथा न्यायमूलक समृद्धि हासिल गर्ने दिशामा अघिल्लो सरकारले सकारात्मक पलह कदमी लिएकामा बैठकले गर्वबोध गरेको छ । त्यसक्रममा भएका केही कमजोरीलाई महसुस गरी त्यसलाई पार्टीको आन्तरिक समीक्षाका विषयका रुपमा बुझ्दै पार्टीलाई अझ बढी सुदृढ र एकताबद्ध बनाउन उहाँले ध्यानाकर्षण गराउनुभयो । बैठक शुक्रबार मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा जारी रहनेछ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते