
काठमाडौँ, ३१ साउन । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज भएको चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १९ रनले पराजित गरेको छ ।
नेदरल्यान्ड्सको आमस्ट्रडममा भएको सो प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ्को निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २१७ रनको योगफल तयार गरेको थियो ।
नेपालले प्रतियोगिताको सुरुवात भने राम्रो गर्न सकेन । नेपालले २२ रन जोड्दा पहिलो विकेटका रुपमा अनिल मण्डललाई गुमायो । मण्डल ४ रन जोड्दै बाहिरिए । त्यस्तै नेपालका अर्का ब्याट्सम्यान शरद भेषावकर पनि ६ रन जोड्दै दोस्रो विकेटका रुपमा आउट भए ।
तेस्रो विकेटका रुपमा नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमायो । ५२ बल खेलेका मल्ल एक चौका र एक छक्काको मद्वतमा व्यक्तिगत ३९ रन जोड्दै बाहिरिए । त्यतिबेला नेपालले जम्मा ६५ रन जोडेको थियो । तर नेपाली टोलीका कप्तान पारस खड्का र सागर पुनले नेपाली पारी सम्हाले ।
खेलको १४ दशमलव ४ ओभरमा सरद भेषावकरको ठाउँमा मैदान प्रवेश गरेका कप्तान खड्काले प्रतियोगितामा अर्धशतक बनाए । ९४ बल खेलेका उनले सात चौका र एक छक्काकोे मदतमा ८४ रन जोडेका हुन । त्यस्तै कप्तान खड्काले सागर पुनसँग ११८ रनको साझेदारी गरे । ७८ बल खेलेका पुनले दुई चौका प्रहार गर्दै ४५ रन जोडे ।
त्यसैगरी विनोद भण्डारीले १७, बसन्त रेग्मीले ४ तथा सोमापाल कामीले २ रन जोडे भने राजु रिजाल रन नजोडी आउट भए । शनिबार भएको पहिलो खेलमा भने नेपाल नेदरल्यान्ड्ससँग सात विकेटको विशाल अन्तरले पराजित भएको थियो ।
घरेलु टोलीका लागि भान मिकेरनले ३ विकेट लिए भने किङ्मा र रिपोनले समान दुई ÷दुई विकेट लिए । दुई सय १८ रनको लक्ष्य लिएर मैदान उत्रेको नेदरल्यान्ड्सले ४८.३ ओभरमा अलआउट हुँदै १९८ रन मात्र बनाउन सक्यो ।
नेदरल्यान्ड्सलाई १९८ रनमै समेट्ने क्रममा नेपालका कप्तान पारस खड्का, शक्ति गौचन, सोमपाल कामी र बसन्त रेग्मीले समान दुई÷दुई तथा सागर पुन र सन्दिप लामिछानेले एक एक विकेट लिएका थिए । ८४ रन तथा दुई विकेट लिएका नेपालका कप्तान पारस म्यान अफ दि म्याच घोषित भए ।
जितसँगै नेपालले महत्वपूर्ण दुई अङ्कसमेत जोडेको छ । योसँगै नेपालको अब अङ्कतालिकामा छ अङ्क भएको छ । प्रतियोगितामा नेपाल र नेदरल्यान्डसहित हङकङ, पपुवा न्युगिनी, स्कटल्यान्ड्स, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स (युएई) गरी आठ राष्ट्र सहभागी छन् ।
नेपाल यसअघि स्कटल्यान्ड्स र पपुवा न्युगिनीसँग भएका खेलमा पराजित भएको थियो । तर काठमाडौंमा भएको नामिबियासँगको खेलमा भने नेपाल विजयी भएको थियो ।
नेपालले अब हङकङ, केन्या र युएईसँग खेल्न बाँकी छ । जारी लिग च्याम्पियनसिपमा रहेका आठ टोलीमध्ये शीर्ष चार टोलीले बङ्गलादेशमा सन् २०१८ मा हुने आइसिसी विश्वकप छनोट खेल्ने अवसर पाउनेछन् । जो विश्वकप खेल्ने अन्तिम खुट्किलो हो । यदि नेपाल शीर्ष चारमा रहन सकेन भने विश्व क्रिकेट लिग डिभिजन–२ मा घटुवा हुनेछ ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा