
रत्ननगर (चितवन), ३१ साउन । गत वर्षदेखि नेपालमा आधिकारिक रुपमा पुष्टि भएको नयाँ रोग ‘स्क्रब टाइफस’बाट आजसम्म तीनजनाको मृत्यु भएको पुष्टि भएको छ । चितवनसहित भोजपुर र सङ्खुवासभाका गरी तीनजना बिरामीको मृत्यु भएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवन मेडिकल कलेजमा उपचार गरिएकी एक महिलाको उक्त रोगबाट मृत्यु भएको हो । कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले चितवन मेडिकल कलेजमा उपचारका लागि आएकी एक महिलाको उक्त रोगका कारण मृत्यु भएको आज मात्रै पुष्टि भएको जानकारी दिनुभयो ।
यसअघि धरानमा उपचार गरिएका सङ्खुवासभा र भोजपुरका गरी दुईजना बिरामीको मृत्यु भएको पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाअन्तर्गत इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालमा आजसम्म कुल ७६ जनामा उक्त रोगको सङ्क्रमण भएको पाइएको छ । नेपालका २० जिल्लामा स्क्रब टाइफसका बिरामी भेटिएको शर्माले जानकारी दिनुभयो । त्यसमध्ये सबैभन्दा बढी सङ्क्रमण चितवनमा छ ।
चितवनमा मात्रै यो वर्षको आजसम्म स्क्रब टाइफसबाट ६७ जनामा सङ्क्रमण भएको पाइएको जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी नरहरि शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा अहिले सचेतना कार्यक्रम सुरु भएको छ । यही साउन २१ देखि ३१ गते १० दिनको अन्तरालमा मात्रै १४ जनामा रोग देखिएको छ । सबै चितवन मेडिकल कलेजमा उपचाररत छन् । यसअघि ५३ जनामा सङ्क्रमण भएको सार्वजनिक भएको थियो ।
अघिल्लो वर्षदेखि आधिकारिक रुपमा नेपालमा सरकारले सङ्क्रमण पत्ता लगाएको उक्त रोग अहिले विभिन्न जिल्लामा देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाअन्तर्गत इपिडिमियोलोजी शाखाका प्रमुख डा शर्माले जानकारी दिनुभयो । रोग पत्ता लागेमा उपचार सजिलो रहेको भन्दै उहाँले पाँचै विकास क्षेत्रका स्वास्थ्य संस्थालाई यो रोगको न्यूनीकरणका लागि आवश्यक निर्देशन दिएको जानकारी दिनुभयो ।
गत वर्ष भदौ १३ गते नेपालमा रोग भित्रिएको सरकारी तहबाट प्रमाणित भएको थियो । गत वर्ष नेपालमा यो रोगका कारण आठजनाको मृत्यु भएको तथ्याङ्क छ । मुख्यगरी एक प्रकारको सङ्क्रमित किर्नाले टोकेमा यो रोग लाग्छ । यो जुम्रा जस्तै तर सूक्ष्म हुन्छ । मुसाको कानमा बस्छ । त्यसबाट घाँसपात झारमा झरेको बेलामा मानिस बस्दा यो किर्ना सर्ने र त्यसले टोकेमा रोग लाग्ने चिकित्सकले बताएका छन् । यो रोग लागेमा टाउको दुख्ने, १०४ जति ज्वरो आउने, गर्दन र घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थी सुनिने लगायतका लक्षण देखिने हुन्छ ।
दोस्रो विश्वयुद्ध ताका जापानको सेनामा पहिलोपटक यो रोग देखिएको थियो । जापानमा पत्ता लागेकाले यसलाई ‘सुसुगामुसी’ भनेर पनि चिनिन्छ । यो एक प्रकारको ब्याक्टेरिया (रिकेटसिया)ले लगाउने रोग हो । झाडी वरिपरि, कृषि कर्म गर्ने, जताततै बस्ने, चौर झारमा बस्नेलाई यो रोग सर्ने सम्भावना बढी हुन्छ ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा