
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा प्रधानमन्त्रीको विशेष प्रतिनिधिकोरुपमा दुईदिने चीन भ्रमणमा प्रस्थान गर्नेक्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, ३१ साउन । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा उत्तरको छिमेकी मुलुक चीनलाई नयाँ सरकारको चासो र प्राथमिकताका बारेमा जानकारी गराउन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
परिवर्तित राजनीतिक स्थिति तथा नयाँ सरकार गठन भएको सन्दर्भमा प्रधानमन्त्रीको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयअनुसार उपप्रधानमन्त्री महरा राजनीतिक भेटघाटका लागि चीन प्रस्थान गर्नुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा रहेको नयाँ सरकारले संविधान कार्यान्वयन, संविधानलाई सर्वस्वीकार्य बनाउने, शान्ति प्रक्रियासँग जोडिएका सत्य निरुपण र बेपत्ता खोजबिनको कार्यलाई निष्कर्षमा पु¥याउने तथा भूकम्पपछिको पुनःनिर्माणको विषयलाई प्राथमिकता निर्धारण गरेको छ ।
चीनतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले दुई देशबीचको सम्बन्ध विकास र विस्तार गर्नु आफ्नो भ्रमणको मुख्य उद्देश्य भएको स्पष्ट पार्नुभयो ।
उपप्रधानमन्त्री महराले भन्नुभयो – “नयाँ सरकार गठन भएको परिवर्तित अवस्थामा चीनसँगको सम्बन्धलाई सुदृढ गर्न आफू चीन जान लागेको हुँ, राम्रो सम्बन्ध विस्तार गर्नका निमित्त चीनले गर्ने सहयोग र चीनका नेताहरुको नेपाल भ्रमणको पनि अपेक्षा राख्दछौँ ।
चीनसँग विगतको सरकारले गरेका राम्रा सम्झौतालाई कार्यान्वयन गर्न अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले चीनले नेपाल सरकारका प्राथमिकतालाई सहयोग गरोस् भन्ने हाम्रो चाहना हो ।
उपप्रधानमन्त्री महराले दुईदिनसम्म बेइजिङमा रहँदा चिनियाँ सरकारका उच्चपदस्थ अधिकारी, महत्वपूर्ण व्यक्तिसँग भेटघाट गर्नुहुने छ । उहाका साथ परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्रप्रसाद अर्याल रहनुभएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते