
नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनमा बुधबार भृकुटीमण्डपमा आफ्ना उम्मेद्वारको प्रचार गर्दै विद्यार्थीहरु । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २८ साउन । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको उद्घाटन यही साउन २३ गते भए पनि त्यसपछिका अन्य प्रक्रिया अघि बढ्न सकेको छैन ।
एघार जिल्लाको महाधिवेशन प्रतिनिधि विवादका कारण साउन २३ देखि २५ गतेसम्म निर्धारित महाधिवेशनको एकसातासम्म उद्घाटनमा नै सीमित भएको हो ।
महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशन समितिले साउन २५ गते राति विवादित जिल्लाका प्रतिनिधिको टुङ्गो लगाएको भए पनि आजसम्म सबै प्रतिनिधि नामावलीको सूचि सार्वजनिक भएको छैन ।
प्रतिनिधि विवाद सम्बन्धमा निर्देशन समितिले अन्तिम टुङ्गो लगाइसकेको जानकारी दिँदै काँग्रेस नेता एवम् समिति संयोजक डा प्रकाशशरण महतले भन्नुभयो – “आज सबै जिल्लाका प्रतिनिधिको नामावली सूचि निर्वाचन समितिलाई बुझाइनेछ, त्यसपछि निर्वाचनका कार्यक्रम अघि बढ्नेछन् ।”
यसअघि महाधिवेशनस्थल भृकृटीमण्डप वरपर मुलुकभरबाट महाधिवेशनमा भाग लिन आएका विद्यार्थी नेता कार्यकर्ता उत्साही रुपमा प्रचारप्रसार एवम् नारा जुलुस गर्दै आएका थिए । महाधिवेशन लम्बिँदै गएपछि विद्यार्थीको भीड पातलिँदै गएको छ भने कतिपय जिल्ला फर्किने मनसायमा देखिएका छन् ।
निर्वाचन समितिले आज सबै नामावली सूचि प्राप्त हुने आशा व्यक्त गर्दै भोलिदेखि निर्वाचनका कार्यक्रम अघि सार्ने तयारी गरेको छ । समितिले आज नामावली सूचि प्राप्त गरेमा भोलि शनिबार उम्मेदवारी मनोनयन दर्ता, उम्मेदवारी मनोनयनउपर दाबी विरोध र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने समिति संयोजक भरतप्रसाद खरेलले जानकारी दिनुभयो ।
निर्वाचन समितिले यही साउन ३० गते आइतबार मतदान गर्ने गरी गृहकार्यको तयारी गरिरहेको उहाँले बताउनुभयो । निर्वाचनका उक्त सबै कार्यक्रम पार्टी कार्यालय सानेपामा हुनेछन् । यसअघि समितिले शनिबार निर्वाचन गर्ने तयारी गरेको भए पनि अन्तिम नामावली नपाउँदा निर्वाचन एकदिन पछाडि सारेको हो ।
महाधिवेशनस्थल भृकुटीमण्डपको सभाहल बुकिङ सकिएकाले बन्दसत्र कहाँ गर्ने भन्ने बारेमा अन्योलता उत्पन्न भएको छ । सङ्घले महाधिवेशन अवधिभर साउन २३ देखि २५ गतेसम्म मात्र उक्त सभाहल बुकिङ गरेको थियो ।
महाधिवेशन लम्बिँदै गएका कारण र करिब तीन हजार ४०० प्रतिनिधि अट्ने सभाहल समयमा नपाएपछि महाधिवेशनपछिको बन्दसत्र हुने सम्भावना क्षीण हुँदै गएको विद्यार्थी नेताले बताएका छन् ।
सुरुमा तीन दिनसम्म निर्धारित नेवि सङ्घ महाधिवेशनको जम्मा रु एक करोड ७८ लाख ८० हजार खर्च लाग्ने अनुमान गरिए पनि महाधिवशेन लम्बिँदा खर्च बढ्ने भएको छ । महाधिवेशन लम्बिँदा दैनिक रु ४० लाख खर्चको भार थपिएको प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।
सङ्घले प्रादेशिक संरचनाअनुसार १५१ सदस्यीय केन्द्रीय समिति रहने गरी विधानको टुङ्गो लगाएको छ । जसअनुसार एक अध्यक्ष, १३ जना उपाध्यक्ष, तीन महामन्त्री, १६ सहमहामन्त्री, एक कोषाध्यक्ष र बाँकी सदस्य रहनेछन् ।
नेवि सङ्घको महाधिवेशन झन्डै १० वर्षपछि हुन लागेकाले हरेक पदमा आकाङ्क्षी धेरै देखिएका छन् । अध्यक्षमा हालसम्म जीतजङ्ग बस्नेत, मनोजमणि आचार्य, नैनसिंह महर, क्षितिज भण्डारी, दीपक भट्टराई, विनिता अधिकारी, नीलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, कुन्दनराज काफ्ले, शुभराम बस्नेत, पद्मराज पन्त, रत्न कार्की, सरोज थापा, लक्ष्मण आचार्य, रामप्रसाद अधिकारीलगायतले उम्मेदवारी घोषणा गर्नुभएको भएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार