
ढाका, २६ साउन । बङ्गलादेशको युद्ध अपराधसम्बन्धी एक विशेष अदालतले यहाँका एक जना पूर्वसांसदलाई मृत्युदण्डको सजाय सुनाएको समाचार छ ।
साथै उक्त अदालतले अरु सातजना राजनीतिकर्मीलाई युद्धअपराध गरेको आरोपमा जन्मकैँदको फैसला सुनाएको समाचारमा जनाइएको छ ।
ती सांसदले सन् १९७१ मा बंगलादेशमा भएको स्वतन्त्रता आन्दोलनमा युद्धअपराध गरेको ठहर सो अदालतले गरेको छ । साथै ती सांसदलाई सघाउने अरु सात जनालाई उक्त अदालतले जन्मकैँदको सजाय सुनाएको हो ।
मृत्युदण्डको सजाय सुनाइएका नेता सेखावत हुसैनले सो स्वतन्त्रता संग्रामको समयमा स्वतन्त्र बङ्गलादेशको पक्षमा लागेका नागरिकको हत्या र ज्यादति गरेका थिए ।
हाल उनी बङ्गलादेशका पूर्व राष्ट्रपति हुसैन मोहम्मद एर्सादको पार्टीका नेता थिए । उनी विरुद्ध कैयौँ व्यक्तिको हत्या गरेको अरोप लागेको थियो ।
सो आरोपको सुनुवाई बंगलादेशको राजधानी ढाकामा रहेको युद्धअपराधसम्बन्धी अदालतमा भइरहेको थियो । सो अदालतले उहाँलाई बुधबार दोषी ठहराएको थियो ।
सेखावत हुसैन सन् १९९१ म बङ्गलादेशको सांसद भएका थिए । उनी त्यस समयदेखि नै कैयौं निर्दाेष नागरिकका हत्यारा र बलात्कारीका रुपमा स्वतन्त्रता पक्षधरहरुबीच चित्रित हुँदै आएका थिए ।
सन् २००९ मा शक्तिमा आएपछि बङ्गलादेशका प्रधानमन्त्री सेख हसिना वाजेदले सो युद्ध अपराधसम्बन्धी अदालतको स्थापना गर्नुभएको हो ।
उहाँ बंगलादेशका स्वतन्त्रता सेनानी सेख मुजिबर रहमानी छोरी हुनुहुन्छ । बङ्गलादेशले सुरु गरेको स्वतन्त्रता संग्रामको समयमा भएको आमहत्या, बलात्कार, एवम् कैयौंँ ज्यादतिका विरुद्धमा यस अदालतले कारबाही गर्दै आएको छ ।
बेलायतमा नेपाली विद्यार्थीहरूलाई समुदायद्वारा थप सहयोग गर्न आह्वान
बेलायतमा अध्ययन सकेपछि स्वदेश फर्केर योगदान दिन नेपाली विद्यार्थीलाई कावा राजदूतको आग्रह
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
बेलायतमा बीसीसी यूकेले भव्यताका साथ मनायो २५७० औँ बुद्ध जयन्ती
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
नेपाल पत्रकार महासंघ यूकेले १० जुलाईमा १५औं स्थापना दिवस मनाउने