बर्लिन (जर्मनी), २६ साउन । आप्रवासीसम्बन्धी अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले सन् २०१६ मा विभिन्न देशबाट युरोप पुग्ने आप्रवासी एवम् शरणार्थी सङ्ख्या दुई लाख ६० हजारभन्दा बढी पुगेको जनाएको छ ।
विभिन्न देशबाट समुद्रि बाटो भएर असुरक्षित डुङ्गाको सहयोगमा युरोप पुग्ने क्रममा यस वर्ष तीन हजार १०० आप्रवासीको यात्राका क्रममा समुद्रमा डुबेर मृत्यु भएको बताइएको छ ।
आईओएमले मङ्गलबार दिएको तथ्याङ्क अनुसार भूमध्यसागरीय क्षेत्रको बाटो युरोप शरणार्थी एवम् कामको सिलसिलामा सन् २०१६ मा दुई लाख ६३ हजार ६३६ मानिस युरोप पुगेका हुन् ।
यो सङ्ख्या सन् २०१५ को सोही अवधिमा युरोप पुग्ने शरणार्थीको तुलनाामा करिब ९१ हजार कम रहेको आईओएमको दाबी छ ।
यसरी युरोप पुग्ने आप्रवासीमध्ये सबैभन्दा धेरै एक लाख ६० हजार मानिस ग्रीसको बाटो हुँदै युरोप छिरेका छन् भने एक लाख २४४ आप्रवासी शरणार्थी इटाली हुँदै युरोप आएका हुन् ।
आईओएमले आप्रवासीको युरोप आगमनमा कमी देखिए पनि असुरक्षित डुङ्गा यात्राद्वारा युरोप प्रवेश गर्ने क्रममा सन् २०१५ मा दुई हजार ७५४ आप्रवासीको मृत्यु भएकोमा यस वर्ष त्यो सङ्ख्या ४७६ ले बढी भई तीन हजार १७६ पुगेको बताइएको छ ।
आप्रवासीलाई असुरक्षित यात्रा नगर्न उक्त क्षेत्रका सरकार तथा यहाँ कार्यरत विभिन्न अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनमार्फत जनचेतना फैलाउने कार्य गरिए पनि चरम द्वन्द्व वा गरिबीको शिकारबाट बच्न युरोप पुग्ने एसियाली तथा अफ्रिकी नागरिकको सङ्ख्यामा भने कमी आउन सकेको छैन ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
लन्डनमा गुञ्जियो नेपाली हिपहप
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह