
ताप्लेजुङ, २६ साउन । सोमबार नुवाकोटमा भएको फिस्टेल एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका क्याप्टेन रन्जन लिम्बूको गाउँ ताप्लेजुङको खेवाङ शोकमा डुबेको छ ।
क्याप्टेन लिम्बूको निधनको खबरले गाउँ शोकमा मात्रै डुबेन गाउँकै पहिलो पाइलटसमेत गुमाएको छ । खेवाङमा जन्मिएका लिम्बूको परिवार हाल बेलायतमा पनि बसोबास गर्दै आएको छ भने लिम्बू झापाको धाइजनमा परिवारसहित बस्दै आएका थिए । पढाइमा सानै उमेरदेखि अब्बल रहेका लिम्बूले काठमाडाँैमा ‘ए’ लेभलको पढाइ सकेर पाइलट बन्न अमेरिका गएका थिए । अमेरिकाबाट नेपाल फर्र्किएर जहाज उडाउन थालेका लिम्बूले नेपालमै बसेर केही गर्ने सोच बनाएपनि सपना पूरा नहुँदै धर्ति छाड्नुपरयो ।
विसं २०४६ असार १० गते जन्मिएका क्याप्टेन लिम्बूले अमेरिकाबाट विमान चालकको कोर्श पूरा गरेर २१ वर्षको उमेरदेखि नै विमान उडाउन थालेका थिए । छोराले उडाएको हेलिकप्टर हरायो भन्नासाथ छोरा पनि रहेन भन्ने अनुमान लगाएका झापामा रहेका उनका बुबा भक्त लिम्बूले केही घन्टामा नै रन्जन नरहेको आधिकारिक खबर पाएका थिए ।
छोराले उडाएको हेलिकप्टर दुर्घटनामा भन्ने खबर पाएदेखि नै झापामा रहेकी क्याप्टेन लिम्बूकी आमा शान्ताकुमारी लिम्बू केही बोल्न सकिरहेकी छैनन् । यस्तै, दुई घन्टापछि मात्रै खेवाङको गहना बनेका रन्जन गुमेको खबर पाएपछि खेवाङमा रहेका आफन्तमा रुवाबासी नै चल्यो भने पूरा गाउँ नै शोकमा डुबेको छ ।
बाबुआमाका कान्छा छोरा रन्जन सानैदेखि हक्की स्वभावका थिए भने परिवारको साथ पनि राम्रै पाएका थिए । उनका बुबा भक्त ब्रिटिस आर्मीमा काम गर्थे । खेवाङबाट रन्जन सानो छँदै झापामा उनको परिवार बसाइँ सरेको थियो । पछि बेलायतमा बसोबासको अनुमति पाएपछि बुबाआमा लगायतका परिवार र अन्य सदस्य बेलायतमै बस्दै आएपनि उनी झापामा नै बस्दै आएको रन्जनका काका गजेन्द्र तुम्याहाङको भनाइ छ ।
उनले उडाएको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको बेतिनीमा सोमबार दुर्घटना हुँदा उनीसहित सातजनाको ज्यान गएको थियो । भूकम्पमा परेका पीडितको समेत उद्धारमा सक्रिय बनेका लिम्बूले गोरखाको सिर्दिबासबाट सुत्केरी बिरामीलाई लिएर उपचारका लागि काठमाडाँै जाँदै गर्दा नुवाकोटको बेतिनीको भीरमा दुर्घटना भएको थियो ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह