राजविराज, २३ साउन । सप्तरीका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्योपचार गर्न आउनुभएका डा गोविन्द केसी आज दोस्रो दिन पनि उपचारमा व्यस्त हुनुहुन्छ ।
आज जिल्लाको तिलाठी गाविस– ७ स्थित पाठशालामा उहाँले निःशुल्क स्वास्थ्योपचार गर्दै हुनुहुन्छ । सप्तरी उद्योग वाणिज्य सङ्घको संयोजन तथा तिलाठीका युवाको आयोजनामा डा केसीले त्यहाँ रहेका बाढीपीडितका लागि हाडजोर्नी तथा नसासम्बन्धी रोगको निःशुल्क उपचार गरिरहनुभएको छ ।
डा केसी आफँैले विभिन्न औषधि, फलफूल लगायत सामग्री बोकेर सो ठाउँमा आउनुभएको छ । उक्त ठाउँमा आज मात्रै उहाँले २५÷३० जनाको निःशुल्क उपचार गर्नुभएको तिलाठीका युवक नीरज झाले जानकारी दिनुभयो ।
डा केसी आएको खबर पाएपछि सकरपुरा, लोनिया, रम्पुरा मल्हनियाँ, कोलाडी लगायत आधा दर्जन गाविसका बाढीपीडित उपचारका लागि लाइनमा छन् ।
यसैबीच बाढीबाट प्रभावित छिमेकी भारतको सुपौल जिल्ला अन्तर्गत कुनोलीका पाँच बाढीपीडितलाई समेत डा केसीले आज निःशुल्क उपचार गर्नुभएको बताइएको छ । यसअघि शनिबार डा केसीले तिलाठीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा एक सय २५ बाढीपीडितको उपचार गर्नुभएको थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते