हुम्ला, २० साउन । हुम्लाबाट सुर्खेत जाँदै गरेको मकालु एयरको ‘नाइनएनएकेसी’को विमानको इन्जिनमा खराबी आएपछि आज आपारह्न सिमिकोट गाविसको राउटेराना भन्ने स्थानमा दुर्घटना भएको छ ।
सिमिकोट विमानस्थलबाट सुर्खेतका लागि ३ः३० बजे उडेको करिब पाँच मिनेटमै विमानको इन्जिन एक्कासी बन्द हुँदा सुरक्षित अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।
“एघार हजार ५०० फिटको उचाइमा रहेको विमानको एक्कासी इन्जिन बन्द भयो, पुनः स्टार्ट गर्न खोज्यौँ भएन, त्यसपछि सुर्खेत पुग्न पनि टाइम लाग्ने र हुम्ला फर्कन पनि नसक्ने अवस्था आएपनि विमानलाई कर्णाली नदीमा सुरक्षित अवरण गर्न खोज्दा दुर्घटना भयो” पाइल साङ्गे लामाको भनाई उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी डा कृष्णबहादुर घिमिरेले राससलाई जानकारी दिनुभयो ।
“विमानलाई खोलामा सेफ ल्यान्डिङ गर्दा दुवैजना बहोस भयौँ, केहीबेरमा होस आएर पौडिँदै खोलाबाहिर निस्कन सफल भयौँ ।” चालक लामाले भन्नुभयो ।
घटना लगत्तै सिमिकोटमा रहेको सिम्रिक एयरको हेलिकप्टरले घाइते चालकको उद्धार गरेको थियो । दुर्घटनामा दुवै पाइलट सामान्य घाइते भएको र जिल्ला अस्पताल हुम्लामा उपचारपछि अहिले थप स्वास्थ्य परीक्षणका लागि सोही हेलिकप्टरमार्फतै नेपालजन्ज मेडिकल कलेज पठाइएको डा घिमिरेले जानकारी दिनुभयो ।
अहिले दुर्घटनाग्रस्त विमानलाई कर्णाली नदीले बगाएको जानकारी आफूहरुले पाए पनि घटनास्थलबाट थप जानकारी नआएको उहाँले बताउनुभयो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते