
काठमाडौँ, २० साउन । संयुक्त राज्य अमेरिकाले नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई बधाई दिएको छ ।
यहाँस्थित अमेरिकी राजदूतावासले आज विज्ञप्ति प्रकाशन गरी हालैका दिनमा शान्तिपूर्ण प्रक्रियाबाट सरकार परिवर्तन भएबाट नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता पुष्टि भएको जनाएको छ ।
दूतावासको विज्ञप्तिमा भनिएको छ, “संविधान कार्यान्वयन, पुनःनिर्माण र आर्थिक विकासका महत्वपूर्ण कार्य सम्पन्न गर्नका लागि अझ लोकतान्त्रिक, समृद्ध र स्थिर राष्ट्र निर्माणमा संयुक्त राज्य अमेरिका नेपाली जनता र नेपाल सरकारसँग साझेदारी गर्न चाहन्छ ।”
प्रधानमन्त्री पुष्पकमल दाहालले पद तथा गोपनीयताको शपथ लिएपछि लैनचौरस्थित सहिद स्मारकमा आज माल्यार्पण गर्नुभएको छ ।
सो अवसरमा उपप्रधानमन्त्री विमलेन्द्र निधि र अन्य मन्त्री तथा प्रधानमन्त्री पत्नी सीता लगायत पुग्नुभएको थियो । सो अवसरमा सेनाले सलामी अर्पण गरेको थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते