काठमाडौँ, १९ साउन । माओवादी केन्द्रका अध्यक्ष एवं सांसद पुष्पकमल दाहाल (प्रचण्ड) मुलुकको ३९ औँ प्रधानमन्त्री निर्वाचित भएका छन् ।
व्यवस्थापिका–संसदमा आज भएको प्रधानमन्त्री पदको निर्वाचनमा ३६३ मत प्राप्त गरेर उनी मुलुकको कार्यकारी प्रमुखमा दोस्रो पटक बहुमतले निर्वाचित भएका हुन् । संसदमा उपस्थित ५७३ मतदातामध्ये ३६३ जनाले नेता दाहालका पक्षमा र २१० जनाले विपक्षमा मतदान गरेका थिए ।
संसदमा तत्काल कायम रहेको ५९५ सांसद संख्यामध्ये ३६३ नेता दाहालको पक्षमा रहेका र त्यो बहुमत भएको घोषणा गर्दै सभामुख ओन्सरी घर्तीले दाहाल बहुमतले प्रधानमन्त्री निर्वाचित भएको जानकारी दिइन् ।
यसअघि बैठकमा नेपालको संविधानको धारा २९८ को उपधारा ९३० एवम् व्यवस्थापिका–संसद् नियमावली, २०७३ को ४९ उपनियम ९४० बमोजिम नेपालको प्रधानमन्त्री पदमा उनले आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गरेका थिए । संसद्को अर्को बैठक साउन २४ गते सोमबार ११ बजे बस्ने छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते