
काठमाडौँ, १६ साउन । धितोपत्र बजारमा आज रु एक अर्ब ७५ करोड ५० लाख ७४ हजार बराबरको कारोबार भएको छ ।
कुल १४१ कम्पनीको ३५ लाख ९४ हजार ६१९ कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ । स्टकका अनुसार सेयर कारोबारमा आज १५.१७ अङ्कले गिरावट आएको छ । गत साताको तुलनामा नेप्से परिसूचक घटेर एक हजार ८६२ बिन्दुमा कायम रहेको हो । गत बिहीबार एक हजार ८७७.९३ अङ्कमा झरेर रोकिएको थियो ।
जलविद्युत् र अन्य समूहबाहेक अरु सबै समूहको सेयर ओह्रालो लागेपछि नेप्से परिसूचक समेत तल झरेको हो । जलविद्युत् समूह ०.८७ र अन्य समूह ०.१४ बिन्दुले बढेको छ । बैंकिङ १.१८, होटल ४.०९, विकास बैंक ०.०२, फाइनान्स १.३१, बिमा ०.५ तथा उत्पादन १.३७ प्रतिशतले कमी आएको स्टकले जनाएको छ । रासस
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने