
प्रधानमन्त्री केपी शर्मा अाेलीले संसदमा पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरूकाे जवाफ दिंदै उनले आफूले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको घोषणा गरेका हुन् । बदलिंदो परिस्थितिमा नयाँ प्रधानमन्त्री चयनका लागि मार्ग प्रसस्त गर्न राजीनामा दिएको उनले बताए ।
नयाँ प्रधानमन्त्री चुनावमा रहेको बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने मन्त्रिपरिषदको निर्णयसहित सम्बोधनअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।
संसदमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रकै नेतृत्वमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अविश्वास प्रस्ताव दर्ता गरेपछि अल्पमतमा परेका प्रधानमन्त्रीले संसदमा साे प्रस्ताव फेस गर्ने बताउँदै आएका थिए । संसदमा आफ्ना कुरा राखेपछि मत विभाजन हुनु ठीकअघि प्रधानमन्त्री अाेलीले राजीनामा घोषणा गरेका हुन् ।
ओली असोज २४ गते माओवादी, राप्रपा नेपाल, राप्रपासहितका साना पार्टीहरूको समर्थनमा प्रधानमन्त्री भएका थिए । प्रधानमन्त्री निर्वाचनमा तत्कालिन प्रधानमन्त्री तथा कांग्रेस सभापति स्वर्गीय सुशील कोइरालालाई हराउँदै ३ सय ३८ मत ल्याएर निर्वाचित भएका थिए ।
उनी निर्वाचित भएलगत्तै छिमेकी मुलुक भारतले नेपालमा अत्यावश्यक वस्तु अायातमा अघाेषित राेक लगाएकाे थियाे । साे समयमा उनले लिएकाे अडानका कारण अाेलीकाे प्रशंसा गर्ने गरिएकाे छ भने अल्पमतमा परेपछि पनि राजीनामा दिन अानाकानी गरेकाेमा अालाेचना गर्ने गरिएकाे छ ।
अाेलीले पदबाट दिएकाे राजिनामा राष्ट्रपतिले स्वीकृत गरेका छन ।

नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य