
प्रधानमन्त्री केपी शर्मा अाेलीले संसदमा पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरूकाे जवाफ दिंदै उनले आफूले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको घोषणा गरेका हुन् । बदलिंदो परिस्थितिमा नयाँ प्रधानमन्त्री चयनका लागि मार्ग प्रसस्त गर्न राजीनामा दिएको उनले बताए ।
नयाँ प्रधानमन्त्री चुनावमा रहेको बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने मन्त्रिपरिषदको निर्णयसहित सम्बोधनअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।
संसदमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रकै नेतृत्वमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अविश्वास प्रस्ताव दर्ता गरेपछि अल्पमतमा परेका प्रधानमन्त्रीले संसदमा साे प्रस्ताव फेस गर्ने बताउँदै आएका थिए । संसदमा आफ्ना कुरा राखेपछि मत विभाजन हुनु ठीकअघि प्रधानमन्त्री अाेलीले राजीनामा घोषणा गरेका हुन् ।
ओली असोज २४ गते माओवादी, राप्रपा नेपाल, राप्रपासहितका साना पार्टीहरूको समर्थनमा प्रधानमन्त्री भएका थिए । प्रधानमन्त्री निर्वाचनमा तत्कालिन प्रधानमन्त्री तथा कांग्रेस सभापति स्वर्गीय सुशील कोइरालालाई हराउँदै ३ सय ३८ मत ल्याएर निर्वाचित भएका थिए ।
उनी निर्वाचित भएलगत्तै छिमेकी मुलुक भारतले नेपालमा अत्यावश्यक वस्तु अायातमा अघाेषित राेक लगाएकाे थियाे । साे समयमा उनले लिएकाे अडानका कारण अाेलीकाे प्रशंसा गर्ने गरिएकाे छ भने अल्पमतमा परेपछि पनि राजीनामा दिन अानाकानी गरेकाेमा अालाेचना गर्ने गरिएकाे छ ।
अाेलीले पदबाट दिएकाे राजिनामा राष्ट्रपतिले स्वीकृत गरेका छन ।

भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते