काठमाडौँ, ५ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद्को गतिविधिका बारेमा सभामुख ओनसरी घर्तीले जानकारी (ब्रिफिङ) गराउनुभएको छ ।
राष्ट्रपति निवास शीतल निवास आज राष्ट्रपति भण्डारीलाई सभामुख घर्तीले भेट गर्नु भई संसद्को गतिविधिका बारेमा जानकारी गराउनुभयो ।
नेकपा (माओवादी केन्द्र)ले नेपाली काँग्रेससित मिलेर असार २९ गते व्यवस्थापिका–संसद्मा सरकारका विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि दलका बीचमा अविश्वासको वातावरण चुलिएको थियो । दलका यही अविश्वासको अवस्थालाई पुनः विश्वासमा ल्याउन सभामुख घर्तीले राजनीतिक भेटघाटलाई तीव्रता दिनुभएको छ ।
राष्ट्रपति भण्डारी र सभामुख घर्तीका बीचमा करिब एक घन्टाभन्दा बढी भेटघाट भएको थियो । भेटपछि सञ्चारकर्मीसित संक्षिप्त कुराकानी गर्दै सभामुख घर्तीले संसद्को गतिविधिका बारेमा आफूले राष्ट्रपतिलाई जानकारी गराएको जानकारी दिनुभयो ।
“मैले सम्मानीय राष्ट्रपतिलाई संसद्को गतिविधिका बारेमा जानकारी गराई, दलका बीचमा सहमति कायम गराउन गरिरहेको प्रयासका बारेमा पनि ब्रिफिङ गरे ।” उहाँले भन्नुभयो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले दलको बीचमा संविधान कार्यान्वयनका लागि एकता, सहमति आवश्यक रहेको बताउनुभएको सभामुख घर्तीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
भोलि सदनको बैठक बस्दैछ, दलबीचको अविश्वास हट्ला त ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो मैले दलका शीर्ष नेतालाई भेट गर्दा उहाँहरुले सहमति कायम गर्ने जानकारी दिनुभएको जवाफ दिनुभयो ।
सभामुख घर्तीले आज बिहान नेका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका निवास पुगी सहमतिका आधारमा संसद्को गतिविधि अघि बढाउन आग्रह गर्नुभएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसित सभामुख घर्तीले मङ्गलबार भेटघाट गर्नुभएको थियो ।
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने