
व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठसहित समितिका सदस्य सोमबार अनसनरत डा गोविन्द केसीको स्वास्थ्यस्थितिबारे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा जानकारी लिँदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ३ साउन । व्यवस्थापिका–संसद् सामाजिक न्याय तथा मानवअधिकार समितिले सरकार र डा गोविन्द केसीबीच विगतमा भएको सहमति कार्यान्वयन गर्न र उहाँको जीवन रक्षा गर्न सरकारलाई निर्देशन दिएको छ ।
अनशनरत डा केसीको स्वास्थ्य स्थिति नाजुक बन्दै गएको भन्दै समितिले तत्काल उहाँले अहिले उठान गर्नुभएको चारबुँदे माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
समितिका सभापति सुशीलकुमार श्रेष्ठको नेतृत्वमा समितिका सदस्यहरुले आज डा केसीलाई अनशनस्थल महाराजगन्जमा भेटघाट गरेपछि डा केसीको जीवन रक्षाको माग गर्नुभएको हो ।
चारबुँदे माग राखी डा केसी असार २६ गतेदेखि त्रिविवि शिक्षण अस्पताल परिसरमा अनशनमा बस्दै आउनुभएको छ । अहिले उहाँको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएको डा केसीको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।
हाल उहाँले उठान गर्नुभएका मागमा चिकित्सा शिक्षा ऐनका केही मस्यौदा चालु अधिवेशनबाट पारित गरिनुपर्ने, माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गरिनुपर्ने र आफूसँग सरकारले गरेका सहमति पूरा गरिनुपर्ने लगायतका छन् ।
समितिले डा केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै अविलम्ब माग पूरा गर्न सरकारलाई आग्रहसमेत गरेको छ । भेटपछि सभापति श्रेष्ठले सञ्चारकर्मीसित कुरा गर्दै समितिले सरकारलाई माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न, चिकित्सा क्षेत्रका विकृति र विसङ्गति अन्त्य गर्न पटक पटक ध्यानाकर्षण गराएको बताउनुभयो ।
उहाँले भन्नुभयो – “मैले डा केसीलाई अघिल्लो अनशनको समयमै भनेको थिएँ धोका होला है डाक्टर सा’ब, नभन्दै धोका भयो ।”
डा केसीले सभापति श्रेष्ठलाई अबको अनशनचाहिँ आफ्नो माग पूरा नभई नछाडिने बताउनुभएको सभापति श्रेष्ठले जानकारी दिनुभयो ।
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय