काठमाडौँ, २ साउन । नेकपा(माओवादी केन्द्र)ले व्यवस्थापिका–संसद्मा दर्ता गरेको सरकारविरुद्धको अविश्वासको प्रस्तावलाई पारित गर्न विशेष पहल गर्ने भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालयको बैठकले संविधानको व्यवस्था र व्यवस्थापिका–संसद् कार्यसञ्चालन नियमावली, २०७३ अनुसार अविश्वासको प्रस्ताव अगाडि बढ्ने भएकाले त्यसमा पार्टीका तर्फबाट विशेष पहल गर्ने निर्णय गरेको हो ।
प्रवक्ता पम्फा भुसालका अनुसार बैठकमा अविश्वासको प्रस्ताव दर्ता भएपछि भएका गतिविधि एवम् सो प्रस्तावलाई पारित गर्ने विषयमा भएका द्विपक्षीय एवम् बहुपक्षीय छलफलका बारेमा रिपोर्टिङ पेस भएको छ ।
सरकार गठनसम्बन्धी विषय संसद्को कार्यक्षेत्र भए पनि त्यसलाई अतिरञ्जीत ढङ्गले प्रचार गरिएको ठहर गर्दै बैठकले अल्पमतमा पुगिसकेको सरकारले गलत तवरले काम गरेको भन्दै असन्तुष्टि जनाएको छ ।
यस्तै बैठकमा पार्टीमा रिक्त रहेको पोलिटब्युरो, सचिवालय र कार्यालयमा पदपूर्ति गर्नेबारेमा समेत छलफल भए पनि आज कुनै निष्कर्षमा नपुगेको उहाँले जानकारी दिनुभयो । केन्द्रीय कार्यालयको बैठक सोमबार बिहान ८ बजे बस्नेछ ।
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो