अंकारा, १ साउन । टर्कीमा सत्ता हत्याउने प्रयास विफल भएको राष्ट्रपति एर्डोगान तेयिपले बताएका छन् । कु प्रयासमा हालसम्म ९० जना मारिएको समाचार छ । ११५४ घाइते भएका जनाइएको छ ।
दुई ठूला शहर इस्तानबुल र अंकारामा गएराति भएको गोलाबारी र विस्फोटका घट्नाका जिम्मेवार विद्रोही सेनाका १५७३ भन्दा बढीलाई सरकार समर्थित सेनाले गिरफ्तार गरेको छ । पक्राउ पर्नेमा २९ जना जर्नेल, पांच जना जनरल सहित छन् ।
टर्कीको टेलिभिजनले इस्तानबुलस्थित बोसफोरस नदीको पुलमा बख्तरबन्द गाडीहरुबाट दर्जनौं सेनाले आत्मसमर्पण गरेको देखाएका छन् । तथापि, राजधानी अंकाराका ठाउंठाउंमा विस्फोट र गोली चलेको आवाज आइरहेको छ ।
राष्ट्रपति एर्डोगानले टर्कीको सत्ता लिएको १३ वर्ष पुग्नै लागेको छ, र यसबीचमा उनको सत्ताविरुद्ध आवाज उठ्न थालेको छ । हाल छुट्टीमा रहेका राष्ट्रपति एर्डोगान रातारात इस्तानबुल फर्किएका थिए, र उनी फर्कदा टर्कीका सडकमा हजारौं समर्थकले उनलाई स्वागत गरेका थिए ।
यद्यपि राष्ट्रपतिको विरोधमा समेत सहरका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् ।
“यो राष्ट्रद्रोह हो । यो विद्रोहको कार्यमा संलग्नले महंगो मूल्य चुकाउनु पर्नेछ, राष्ट्रपति एर्डोगानले विमानस्थलमा बताए ।
सरकारले परिस्थितिलाई नियन्त्रणमा लिने उद्देश्यले दुवै सहरका विभिन्न स्थानमा कफ्र्यू लगाएको घोषणा गरेको छ ।
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप