
राजधानीका औषधी पसलमा अनुगमन गर्दै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग नेतृत्वको सरकारी अनुगमन टोली । तस्विर ः भीष्मराज ओझा, रासस
काठमाडौँ, २६ असार । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नियम विपरीत सञ्चालित राजधानीका औषधि पसल र स्वास्थ्य जाँच गराउने ल्याबमा सिलबन्दी गरेको छ ।
विभाग नेतृत्वको सरकारी टोलीले आज अनुगमनका क्रममा चाबहिलस्थित चारु मेडिकल स्टोरमा चिकित्सकको सिफारिसबिना मनोद्दीपक (मनोरोगीलाई दिइने) औषधि बिक्री गरेको फेला पारेको हो । साथै, त्यस्ता औषधिको अभिलेख नराखेको भेटिएपछि उक्त पसलमा सिल गरिएको विभागका अधिकृत श्रीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
उक्त पसलमा रहेका बाँकी मनोद्दीपक औषधि जोलिम, लोरी, पाज, क्लोरोप र क्लोनाज रेकर्ड राखी जफत गर्नुका साथै तीन दिनभित्र स्पष्टीकरणसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । यद्यपि सो पसलका सञ्चालक होमनाथ बास्तोलाले भने नियम प्रक्रिया पु¥याएर नै औषधि बिक्री गरेको दाबी गर्नुभयो ।
सोही पसलको चारु पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर प्रालि दुई वर्षदेखि नवीकरण नगरेको भेटिएपछि त्यसमा पनि सिल गरिएको छ । टोलीले दर्ता नगरी चलाएको भेटिएपछि चाबहिलकै डाइग्नो हेल्थ ल्याब क्लिनिकमा पनि सिल गर्नुका साथै आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
अनुगमनका क्रममा टोलीले चाबहिलको अदीप फार्मेसीमा आधिकारिक व्यक्ति नभेटिएपछि अनाधिकार व्यक्तिलाई कुनै पनि समय औषधि पसल सञ्चालन नगर्न निर्देशन दिएको छ । अनुगमन टोलीले आजै अनुगमनका क्रममा सहयोग गर्नाको साटो उल्टै पसल नै बन्द गरेर हिँडेपछि क्षेत्रपाटीस्थित बजगाईं मेडिसिन सप्लायर्स र इखापुखु मेडिसिन डिस्टिब्युटरमा सिल गरेको टोलीमा सहभागी औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत निकेश श्रेष्ठले बताउनुभयो ।
दुवै पसललाई २४ घन्टाभित्र स्पष्टीकरणसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । टोलीले ती दुवै पसलमा स्पष्टीकरणसहित विभागमा उपस्थित हुने व्यहोराको सूचना टाँस गरेको छ ।
त्यसअघि टोलीले सो क्षेत्रका शुभम् फर्मा सेल्स प्रालि, एनएन फर्मास्युटिकल्स र सेर्जाे मेडिसिन कन्सर्नमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा टोलीले म्याद गुज्रेका औषधि छुट्टै नराखेको, पसल दर्ता नवीकरण नगरेको र आवश्यकताअनुसार सफाइ नगरेको फेला पारेको थियो ।
उक्त क्षेत्रमा अनुगमनका क्रममा व्यापारीले व्यवस्थित र भद्र अनुगमन गर्नुपर्ने माग राखी केहीबेर हल्ला गरेका थिए । नेपाल औषधि व्यवसायी सङ्घका केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठले मर्यादित र भद्र तवरले अनुगमन गर्नुपर्ने र व्यापारीलाई आतङ्कित गर्न नहुने माग गर्नुभयो ।
आजै टोलीले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा रहेको संग फार्मामा गरेको अनुगमनका क्रममा म्याद गुज्रेका औषधि छुट्टै नराखेको र बिलमा क्रेताको नाम ठेगाना नराखेको फेला पारेपछि त्यसको व्यवस्थापन गर्न निर्देशन दिएको थियो । महाराजगञ्जकै वेलफेयर फर्मा औषधि पसलले भने औषधि उचित तवरमा व्यवस्थापन गरेको टोलीले भेटाएको थियो ।
आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभाग, औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, नेपाल प्रहरी र उपभोक्ताको प्रतिनिधि सम्मिलित संयुक्त टोलीले केही दिनदेखि राजधानीका विभिन्न क्षेत्रमा नियमित स्थलगत अनुगमन गरिरहेको छ ।
सुरु भयो एनआरएनए र आईएलओको सहकार्यमा रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला
संयुक्त राष्ट्रसङ्घको मुख्यालय यूयोर्कमा मनाइयो आरोग्य दिवस
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो