काठमाडौँ, २३ असार । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा सुधार हुँदै गएको र उहाँ खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताउनुभएको छ ।
चिकित्सकका अनुसार महामन्त्री कोइरालाको रक्तचाप, अक्सिजनको मात्रा र पिसाबमा बुधबारका तुलनामा आज निकै सुधार हुँदै गएकाले भेन्टिलेटर झिकिएको हो । अहिले उहाँको रक्तचाप १२०÷८०, मुटुको धड्कन ९०÷८० र युरिन पास ६० एमएल प्रतिघन्टा भएको अस्पतालका एमडी हरिकिशोर श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार महामन्त्री कोइराला अहिले पूर्ण रुपमा होसमा आइसक्नुभएको र उहाँले कुराकानी पनि गर्नुभएको अस्पतालले जनाएको छ । एमडी श्रेष्ठले भन्नुभयो – “अहिले उहाँ पूर्ण रुपमा होसमा आइसक्नुभएको छ । हामीले औषधिको मात्रा पनि घटाएका छौँ । उहाँको स्वास्थ्य अवस्था हिजोको भन्दा बिहान र बिहानको भन्दा अहिले धेरै राम्रो भएको छ ।”
यसैबीच नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले आज विज्ञप्ति जारी गर्दै नेता कोइराला पुनः स्वस्थ जीवनशैलीका साथ पार्टी जीवनमा फर्कने विश्वासका साथ स्वास्थ्यलाभको कामना गरेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते