एडेन, २२ असार । यमनको दोस्रो ठूलो सहर एडेनमा अवस्थित विमानस्थलमा रहेका सैनिक प्रमुख कार्यालयहरुमा सदिग्ध जिहादीहरुले बुधबार कब्जा गरेका छन् ।
साउदी अरेबिया समर्थित सरकार रहेको यस देशमा भएको यस सैन्य शिविर कब्जापछिको आक्रमणमा कम्ती १० जना सैनिकको मृत्यु भएको छ ।
सैनिकको पोशाकमा रहेका यी आतङ्ककारीहरुले गरेका दुई वटा बम आक्रमणमा कम्तीमा १० सैनिकको मृत्यु भएको छ । आक्रमणकारीहरु इस्लामिक स्टेट जिहादी समूहका रहेका जनाइएको छ ।
आक्रमणका क्रममा आतङ्ककारी र सैनिकबीच भएको दोहोरो गोली हानाहानमा ती सैनिकहरु मारिएका छन् ।
सैनिकले सैन्य शिविर घेरा लगाएपछि १५ देखि २० जनासम्मको सङ्ख्यामा आएका आतङ्ककारीहरुले दोहोरो गोली हानाहान गरेका बताइएको छ ।
यमनमा गत बर्षको मार्च महिनाबाट नै साउदी अरेबिया सरकारको सहयोगमा विद्रोही विरुद्ध हवाई आक्रमण सुरु भएको थियो ।
यमनका अल कायदा र अन्य आतङ्ककारी समूहलाई लक्ष्यगरी अमेरिकी चालकरहित ्िवमान (ड्रोन) पनि बारम्बार आक्रमण हुने गरेको छ । विद्रोहीलक्षित यस आक्रमणबाट सफलता पनि प्राप्त भएको बताइन्छ ।
मुसलमान समुदायको महान पर्व रमादानको अन्त्यमा हुने उत्सवको अवसरमा यो हमला भएको बताइएको छ ।
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
चार मिस नेपाल र दिल श्रेष्ठको जोडी ‘माया भनेकै यस्तो होला’ मा
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित