
नेकपा एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार भियतनाममा सम्पन्न नेपाल कम्युनिस्ट तथा श्रमिक पार्टीको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई बुधबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै । तस्बिर ः कृष्णराज गौतम, रासस
काठमाडौँ, २२ असार । नेकपा (एमाले) का नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने आफ्नो पार्टीको नीति रहेको बताउनुभएको छ ।
भियतनाममा सम्पन्न कम्युनिस्ट तथा श्रमिक पार्टीको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले बहुमतीय सरकारको विकल्प पुनःबहुमतीय सरकार हुन नहुने र राष्ट्रिय सरकारका लागि प्रमुख तीन दलले संयुक्त रुपमा प्रयास गर्नुपर्ने बताउनुभयो ।
नेता नेपालले उक्त सरकारले कति समयमा के काम गर्ने ती विषयमा आधार तय गर्नुपर्नेमा जोड दिँदै देशमा अहिले अन्तिम सङ्क्रमणको समय रहेकाले सबै राजनीतिक दल एकै ठाउँमा बसेर भविष्यको कार्यदिशा निर्धारण गर्नुपर्ने बताउनुभयोे ।
उहाँले मुलुकमा शान्ति, राजनीतिक स्थिरता र लगानी सुरक्षाको व्यवस्था सरकारले गर्नसकेमा विदेशी लगानीकर्ता, गैर आवासीय नेपाली तथा विदेशमा बसेका नेपालीले नेपालमा लगानी गर्ने इच्छुकता देखाएको बताउँदै देशमा लगानी भित्र्याउन सकेमा पूर्वाधारको विकास र रोजगारी सिर्जना हुने उल्लेख गर्नुभयो ।
विश्वका विभन्न १०० भन्दा बढी राष्ट्रको सहभागिता रहेको उक्त सम्मेलनमा एमालेले पहिलो पटक सहभागी भएको हो । पूर्व प्रधानमन्त्री नेपालले उक्त सम्मेलनमा ग्रीस, चेकोस्लोकाकिया र भियतनामको महत्वपूर्ण भूमिका रहेको जानकारी दिँदै सहभागी राष्ट्रका बीचमा अनुभव आदानप्रदान भएको जानकारी गराउनुभयो ।
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
लन्डनमा गुञ्जियो नेपाली हिपहप