
काठमाडौँ, २१ असार । काठमाडौँ, २१ असार । सरकारले अस्पताल तथा स्वास्थ्य संस्थामा प्रयोग हुने रेडियो विकीरणको प्रयोग, ज्ञानको अभावमा हुने दुरुपयोग र त्यसबाट उत्पन्न हुने चुनौती तथा जोखिमका विषयलाई सम्बोधन गर्न स्पष्ट कानुन यो वर्षको अन्तिमसम्म निर्माण हुने जानकारी दिइएको छ ।
स्वास्थ्य मन्त्रालय र विज्ञान तथा प्रविधि मन्त्रालयले यहाँ आज आयोजना गरेको ‘रेडियो विकीरण कानुन’ विषयक कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले रेडियो विकीरणसम्बन्धी कानुन ल्याउन आवश्यक रहेकामा जोड दिनुभयो ।
उहाँले कानुन नभएकाले अति संवेदनशील कुरा भएर पनि यसको प्रयोग तथा ओसारप्रसारका विषयमा स्पष्ट जानकारी पाउन नसकिएको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नयाँ कानुनले यसको प्रयोग र अन्य महत्वपूर्ण विषयलाई सम्बोधन गर्नेछ । रेडियो विकीरणको सम्पूर्ण जानकारी गराउने कानुन अहिलेको आवश्यकता रहेको पनि हो ।”
रेडियो विकीरण विशेषगरी स्वास्थ्य क्षेत्रमा प्रयोग हुने भएकाले यो क्षेत्रमा कार्यरत कर्मचारी तथा अन्य व्यक्ति नै यसबाट हुने हानी तथा जोखिममा बढी पर्ने गरेकामा मन्त्री थापाले चिन्ता व्यक्त गर्नुभयो ।
सोही मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले मानव शरीर रेडियोको विकीरणको सम्र्पकमा आएपछि शरीरका कोषिका नष्ट हुन गई शरीरमा विभिन्न किसिमको हानी पुरयाउँछ भन्ने चेतना समुदायस्तरमा समेत फैलाउन आवश्यक रहेको विचार राख्नुभयो ।
अस्पतालमा प्रयोग हुने एक्सरेदेखि क्यान्सरको उपचार गर्ने उपकरण रेडियो विकीरणयुक्त हुने भएकाले यससम्बन्धी नियम तथा कानुन बनाउन आवश्यक रहेको उहाँले जोड दिनुभयो ।
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
रहेनन् अभिनेता सुनिल थापा