
काठमाडौँ, २० असार । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) अन्तर्गतको छनोट समितिले युके (संयुक्त अधिराज्य)को तयारी भ्रमणमा निस्कने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
आज घोषणा गरिएको १५ सदस्यीय टोलीले इङ्ल्यान्डको म्यारिलेबोन क्रिकेट क्लब (एमसिसी)सँग आगामी साउन ४ गते (जुलाई–१९) उसकै घरेलु मैदानमा खेल्नेछ ।
कप्तान पारस खड्काको नेतृत्वको टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, सागर पुन र विनोद भण्डारी छन् । त्यस्तै, सुवास खकुरेल, करण केसी, अनिलकुमार मण्डल, सन्दीप लामिछाने, विक्रम सोब, राजु रिजाल तथा राजेश पुलामी मगरसमेत टोलीमा अटाएका छन् ।
नेपालले आगामी अगस्टमा नेदरल्यान्डसँग उसकै मैदानमा विश्व क्रिकेट लिग च्याम्पियनसिपका दुई खेल खेल्दैछ । हाल नेपाली टोली त्यसैको तयारी रहे बमोजिम युके भ्रमणमा निस्कन लागेको हो ।
क्रिकेटको आधिकारिक निकाय नेपाल क्रिकेट सङ्घ निलम्बनमा रहेका अवस्थामा आइसिसीले आफ्नै अग्रसरतामा नेपाली टोलीको छनोट गरेको हो । छनोट समितिमा आइसिसीका प्रतिनिधि भेन्कातपाथी, नेपाली टोलीका प्रमुख प्रशिक्षक जगत टमाटा र कप्तान खड्का थिए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते