लण्डन । झण्डै दुई चिरा भएर एकतामा बाँधिएको गैर अावासीय नेपाली संघ बेलायतमा नेतृत्व हस्तान्तरणको लागि सहअध्यक्ष महेन्द्र कँडेलले अध्यक्ष योगेन क्षेत्रीलाई अन्तिम आव्हान गर्ने भएका छन् ।
आज सोमबार राति १२ बजेसम्म अध्यक्ष योगेन क्षेत्रीले सहज रुपमा सहमतिबमोजिम नेतृत्व हस्तान्तरण नगरे स्वयं घोषणा गरेर अघि बढ्न लण्डनको एक रेष्टुरेन्टमा कार्यक्रम राखेका हुन् ।
गत २९ सेप्टेम्बर २०१३ सालमा बेलायतस्थित नेपाली दुतावासमा तत्कालिन अध्यक्ष जीवा लामिछाने र सँस्थापक अध्यक्ष उपेन्द्र महतोको विशेष अनुरोधमा प्राध्यापक डाक्टर सूर्य सुवेदीको पहलमा असाधारण एकता सम्मेलनमार्फत भएको निर्णय कार्यान्वयन स्वत हुने कँडेलको दावी छ ।
औचारिक रुपमा केही नबोले पनि अध्यक्ष योगेन क्षेत्रीले युकेको सहमतिलाई आइसीसी केन्द्रले मान्यता नदिएको बताउँदै नेतृत्व नछाड्ने संकेत गरेका छन् । यद्यपि उनले नेतृत्व हस्तान्तरण आइसीसी अध्यक्ष शेष घलेसँग सल्लाह गरेर मात्र निर्णय लिने जनाउ दिँदै आएका छन् ।
तत्कालिन केन्द्रीय उपाध्यक्ष क्याप्टेन हितमान गुरुङ समेतको सहभागिता रहेको सम्मेलनमा चक्रिय प्रणालीअनुसार नेतृत्व गर्ने सहमतिमा उल्लेख छ । सहमतिको तेस्रो बुँदामा भनिएको छ- ‘एनअारएन युकेमा हालका लागि श्री योगेन क्षेत्री र श्री महेन्द्र कँडेल दुवैलाई अध्यक्षको मान्यता दिने ।आजका मितिबाट अर्को वर्षसम्म अर्थात २९ सेप्टेम्बर २०१४ सम्म श्री योगेन क्षेत्रीले कार्यकारी अध्यक्षको रुपमा काम गर्ने र श्री महेन्द्र कँडेलले सहअध्यक्षका रुपमा काम गर्ने ।’
सहमतिको चौथाे बुँदामा ‘२९ सेप्टेम्बर २०१४ मा स्वत श्री महेन्द्र कँडेलले कार्यकारी अध्यक्षको रुपमा काम गर्ने र श्री योगेन क्षेत्रीले सहअध्यक्षको रुपमा अर्को एक वर्ष काम गर्ने’ उल्लेख छ ।
यसका साथै सहमतिको अन्त्यमा ‘म सूर्य सुवेदी स्वयमले अर्को वर्ष अध्यक्षको माला महेन्द्र कँडेललाई लगाइ दिने छु’ पनि लेखिएको छ ।
सहमति अनुसार आज अध्यक्ष क्षेत्रीले सहअध्यक्ष कँडेललाई कार्यकारी अध्यक्षको पद हस्तान्तरण गर्नु पर्नेछ । सहमतिमा अध्यक्ष क्षेत्रीले हस्ताक्षरण गरि मान्ने जनाउ तत्कालिन समयमै दिएका थिए । उनले सहमतिका सुत्राधार प्रा डा सुवेदीपछि दोस्रो नम्बरमा हस्ताक्षर गरेका छन् । तर उनले हाल सहमतिबाट पछि हट्दै पदलोलुपता देखाउन खोजेको आरोप कँडेल पक्षले लगाएको छ । यद्यपि सहअध्यक्ष कँडेलले आज राति १२ बजेसम्मको समय कुर्ने संकेत गरेको छ ।
यसअघि, सहअध्यक्ष कँडेलले सहज वातावरण निर्माणका लागि अध्यक्ष क्षेत्रीलाई गत वर्षको सहमति कार्यान्वयन गर्दै नेतृत्व हस्तान्तरण गर्न आव्हान समेत गरिसकेका थिए । नैतिकताको आधारमा २९ सेप्टेम्बरका दिन नेतृत्व हस्तान्तरणको कार्यक्रम राख्न सार्वजनिक रुपमा माग गरेका थिए ।
सम्मेलनको सहमति कार्यान्वयनबाट अध्यक्ष क्षेत्री पछि हटे पनि आफूले सहमतिको अक्षरशः पालना गर्ने सहअध्यक्ष कँडेल बताए ।
गत वर्ष देखिएको एनआरएन युकेको विभाजन सुवेदीको अग्रसरतामा तत्काललाई साम्य भए पनि सहमति अनुसार पद हस्तान्तरण नभएमा अहिले फेरि समस्या बल्झिने निश्चित छ । शुरुका केही वर्ष आशाको केन्द्रका रुपमा रहेको एनआरएनए युके गत वर्षपछि भने आफैँमा बिचरो साबित हुँदै गएको छ । अब फेरि समस्या ब्यूँतियो भने एनआरएन युके असफल सँस्थाको एक उदाहरण बन्ने छ ।
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती