धनगढी । सामान्यतयाः मानिसले दायाँ हातले लेख्ने गर्छन् । कसैले बायाँ हातले पनि लेखेको देखिन्छ । तर नेपालका एक युवकले आफ्नो मुख, दुईवटै हातखुट्टा र कुहिनामा एकसाथ छवटा कलम च्यापेर खरर उल्टो र सुल्टो अक्षर तथा अङ्क लेखेर कला प्रदर्शन गर्न सक्नुलाई भने अनौठो कला मान्नुपर्छ ।
बैतडी जिल्ला चौखाम-३ का युवक मनोज चन्दमा यस्तो अनौठो कला रहेको छ । उनले यहाँ आयोजित एक कार्यक्रममा आफ्नो लेखन कला प्रदर्शन गरे । २६ वर्षीय चन्द मुख, दुइटै खुट्टा, हात र कुहिनामा कलम च्यापेर र हातमा एक साथ छवटा कलम समात्दै सुल्टो र उल्टो अक्षर लेखेर कला प्रदर्शन गरिरहँदा उपस्थित सबै अचम्भित भएका थिए ।
चन्दले धनगढीको नास्टमा कक्षा ९ मा अध्ययन गर्दा २०५९ सालदेखि यस्तो लेखन कला सुरु गरेका थिए । अहिलेसम्म नेपालका ४२ जिल्लाको भ्रमण गरेर आफूले लेखन कला प्रदर्शन गरिसकेको चन्दले बताए ।
विश्वमा कसैले देखाउन नसकेको लेखन कला प्रदर्शन गरिरहेका चन्द गिनिज बुकमा नाम लेखाउने तयारीमा छन् ।
कार्यक्रममा उनले तिहारपछि विश्वका झन्डै ४० देशको भ्रमण गरी कला प्रदर्शन गर्ने बताउँदै विश्व भ्रमणका लागि खर्चको व्यस्थापन विदेशमा रहेका नेपाली र नेपाल सरकारले व्यहोर्ने विश्वास व्यक्त गरे । चन्दले आफूले देखाएको कला विश्वमै पहिलो र नयाँ रेकर्ड भएकाले गिनिज बुकका प्रतिनिधिले अन्तिम निर्णय लिने कार्यक्रममा उपस्थित पत्रकारहरूलाई बताए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखक र नास्ट कलेजका प्रमुख शिवहरि मुडभरीले यस्तो विलक्षण प्रतिभा कहिल्यै नदेखिएको बताउँदै आफ्नो कलामार्फत नेपाल र नेपालीको शिर संसारभरि उँचो पार्न सल्लाह दिए ।
आफ्नो कलाबाट अशक्त र अपाङ्गको मनोबल बढाउन मद्दत गर्ने छु-चन्दले भने -आफ्नै पहलमा स्थापना भएको मनोज फाउन्डेसनले समाजमा लुकेर रहेका प्रतिभा र क्षमता प्रष्फुटन गराउन सहयोग गर्नेछ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते