लन्डन । गोर्खाली समाज यूकेले यस वर्षको लिगलिग दौड आगामी २३ जुलाईका दिन गर्ने भएको छ । कन्नट स्कुल अल्डरसटको मैदानमा खेल हुन लागेको हो । २ हजार मिटरको उक्त म्याराथन ऐतिहासिक लिग लिग दौडको सम्झनामा गर्न लागिएको समाजको भनाइ छ ।
समाजको वार्षिक समर कार्यक्रम अन्तर्गत बीबीक्यूसहित दौड गर्न लागिएको समाजका महासचिव अशोक ढकालले जनाएका छन् । दौडमा सहभागिताका लागि समाजले १५ जुलाई अघि नै नाम दर्ता गर्न समस्त संघसंस्थामा आव्हान गरेको छ ।
धिरज गुरुङले कार्यक्रमको संयोजन गर्नेछन् ।
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न