लन्डन । रत्न आश्रमको सहयोगार्थ शनिबार सांझ लन्डनमा एक च्यारिटी डिनर कार्यक्रम गरिएको छ ।
लन्डन साउथह्यारोस्थित ह्यारो बरो फुटबल क्लबमा कार्यक्रम भएको हो । समाजसेवी मन सुनुवारले सञ्चालन गरेको दमक ९ झापास्थित रत्न आश्रमका लागि सहयोग जुटाउन आयोजित उक्त च्यारिटीमा वेल्स्, डाटफोर्ड, बेजिङस्टोकसम्मबाट मनकारी नेपाली सहभागी थिए । पवित्र उद्देश्यका लागि अन्य समुदायका अतिथी पनि कार्यक्रममा सहभागी थिए ।
आश्रममा हाल ४ जनाले वृद्धवृद्धाले आश्रय लिइरहेका छन् । ति वृद्धवृद्धालाई स्वास्थ्यपचार देखि खाना, बस्न लगायत सम्पूर्ण खर्च मन सुनुवारले नै बेहोरेकी छिन् ।
कार्यक्रमलाई जुनकिरी इनिसिएटिभ, मिसन टु हेल्प नेपाल, वेम्ली महिला मगर संघ र नेपलिज नर्सिङ एसोसिएसन यूकेले पूर्ण सहयोग गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी वृद्ध टिकाधन राईले रत्न आश्रमको उद्देश्य प्रशंसनीय भएको जनाउंदै बेलायतवासी सहयोगीप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा पारिका आलेले रत्न आश्रमको उद्देश्य र गतिविधिबारे जनाइन् भने सञ्चालिका मन सुनुवारले सहयोगी सबैप्रति आभार व्यक्त गरेकी थिइन् ।
लक्ष्मी राई (लारा) र शशी थापा सुब्बाले सञ्चालन गरेको उक्त कार्यक्रममा रस्मिता दर्लामी, बिनोद सिम्खडा, पारिका आले, प्रसुना कंडेल, यमुना घले, सुनिता गौतम, शशी थापा सुब्बा लगायतले आकर्षक नृत्य प्रस्तुत गरे भने सुनिल बुढाथोकीले मुक्तक, दीपक थापा र दीप्ता थापाले गायन र लक्ष्मी राई (लारा) ले कविता प्रस्तुत गरेका थिए । आयोजकले सहयोगीहरुलाई सम्मान गरेका छन् ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान