लन्डन । नेपालमा भूकम्प गएको एक वर्ष पुगेको सम्झनामा आयरल्याण्डमा नेपाल सम्मेलन आयोजना गरिएको छ । शनिबार ट्रिनिटी कलेज डब्लिनमा भएको उक्त सम्मेलनको आयोजना नेपाली दूतावास लण्डन, नेपाल आयरल्याण्ड सोसाइटी, एक्सन एड र इन्जिनियर्स वीथआउट बोडर्स आयरल्याण्डले गरेका थिए ।
सर्वसाधारणका लागि खुला गरिएको सो सम्मेलनमा भूकम्पपछि नेपाल घुम्न जान चाहनेहरुका लागि सल्लाह र सूचना प्रवाह गरिएको थियो । यस्तै भूकम्पपछि पुनर्निर्माण, संयुक्त योजना सञ्चालन र सञ्जाल विस्तारका बारेमा सम्मेलन केन्द्रित गरिएको थियो । सो सम्मेलन आयरल्याण्डमा रहेका गैर सरकारी संस्था र व्यक्तिहरुका बीचमा सूचना आदानप्रदान गर्ने, सञ्जाल बनाउने र अन्तरक्रिया गर्ने थलो बनेको थियो ।
गत अगष्टमा आयरल्याण्डमा कार्यरत नेपाली संस्थाको सञ्जाल बनाइ नेपाल भूकम्प सम्मेलन आयोजना गरिएको थियो ।
आयरल्याण्डका लागि समेत कार्यबाहक राजदूत रहेका तेजबहादुर क्षेत्रीले सो सम्मेलन आयरल्याण्डका लागि मात्र नभएर युरोपकै लागि विभिन्न संस्थाहरुले श्रोत, ज्ञान र अनुभवहरुलाई एकसाथ ल्याउन उपयोगी थलो हुने बताए । यस्ता अनुभवबाट नेपालमा सामाजिक आर्थिक विकासका परियोजना सञ्चालन गर्नका लागि महत्वपूर्ण सहयोग गर्ने उनको भनाइ थियो ।
आयरल्याण्डका इन्टरनेशनल ट्रेड एण्ड डेभलप्मेन्ट पूर्व मन्त्री जो कोस्टेलोले आयरल्याण्डले भूकम्पका बेला उल्लेख्य सहयोग गरेको जनाउंदै सर्वदलीय संसदीय समिति गठन गर्ने, नेपाल भ्रमणमा आयरल्याण्डले लगाइरहेको आंशिक प्रतिबन्ध हटाउन र नेपाललाई आयरल्याण्डको सहयोग प्राथमिकतामा राख्न पहल गराउने बताए ।
नेपाल आयरल्याण्ड सोसाइटीका अध्यक्ष तथा आयरल्याण्डका लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधि दिपेशमान शाक्यले नेपालका बारेमा चासो राख्नेहरुका लागि सो सम्मेलन महत्वपूर्ण भएको बताए । उनले आयरल्याण्डले नेपालमा भूकम्प गएको बखत धेरै मद्दत गरेको र बर्षेनी उल्लेख्य संख्यामा पर्यटक नेपाल जाने गरेको बताए ।
सम्मेलनमा नेपालमा काम गरिरहेका २५ जना प्रतिनिधिले आफ्ना अनुभव र भावी कार्यक्रमबारे बोलेका थिए । साथै, बेलायतका लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधि पशुपति भण्डारी, डा. कपिल रिजाल, डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधि सोम सापकोटाले भूकम्पको अनुभव सांटेका थिए ।
कार्यक्रममा काठमाण्डौं किचेनका नबराज कोइराला र गणेश प्रसाईंले नेपाली खाना प्रवन्ध गरेका थिए । आयरल्याण्ड लन्डनस्थित नेपाली दूतावासले नै हेर्छ भने त्यहां करिब ४ हजार नेपाली छन् ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान