लन्डन । लन्डनमा अध्ययनरत सृजना गौतमले एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स (एसीसीए) परीक्षामा विश्वमै दोश्रो स्थान हांसिल गरेकी छिन् । एसीसीएका कार्यकारी निर्देशक (स्ट्रयाटेजी एण्ड डेभलप्मेन्ट) एलन ह्याटफिल्डले गत मार्च २०१६ मा लिइएको परिक्षामा विश्वमै दोश्रो उत्कृष्ट नतिजा ल्याएर सिर्जनाले रजत पदक, नगद पुरस्कार र मेरिट सर्टिफिकेट प्राप्त गर्ने जनाउंदै बधाइ दिएका छन् । सृजनाले फाइभ प्रोफेशनल लेभल पेपरमा ३७८ स्कोर ल्याएकी हुन् ।
चितवन लंकु ६ स्थायी निवासी सृजना गौतम (भण्डारी) ले गत जुनमा भएको एसीसीए पि वान (प्रोफेशनल लेभल) परीक्षामा विश्वभरका २१ हजार ३ सय ७ जना परीक्षार्थीलाई उछिन्दै ८९ स्कोरसहित प्रथम स्थान हासिल गरेकी थिइन् ।
सन् २०१० सेप्टेम्बरमा यूके आएकी सृजनाले लन्डन मेट्रोपोलिटन युनिभर्सिटीबाट म्याथ एण्ड अकाउन्टिङमा ब्याचलर्स डिग्री गरेर एसीसीए पढ्न थालेकी थिइन् ।
सृजनाले अध्ययनमा सफलताका पछाडि लगाव, मिहेनत अनि परिवारको प्रेरणा र साथ मुख्य कारण रहेको बताइन् ।
बाबा रामराज भण्डारी र आमा ताराकी सुपुत्री २६ वर्षीया सृजनाले भविष्यमा अकाउन्टिङमै करिअर बनाउने लक्ष्य लिएकी छिन् । उनलाई श्रीमान् विशाल गौतम, ससुरा ओमिलाल गौतम र सासु पूर्णकला गौतमको पनि साथ छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो