लन्डन । गायक प्रमोद खरेल र वरिष्ठ हास्य कलाकारहरु किरण केसी (ए राता मकै) एवं मुखां हान्नु जस्तो (शिवहरि पौडेल) बिहीबार लन्डन उत्रिएका छन् । नयां वर्षका अवसरमा डिएसआइ इन्टरटेनमेन्टले आयोजना गर्न लागेको नेपाली सांगीतिक सांझमा आफ्नो कला देखाउन उनीहरु यहां आइपुगेका हुन् ।
कलाकारत्रयको भोलि शुक्रबार नै बेजिंस्टोकमा कार्यक्रम छ । उनीहरुले अप्रिल २९ पछि मे १, ७ र ८ मा आसफोर्ड, अल्डरसट र फेल्थाममा कार्यक्रम गर्नेछन् ।
अहिले नेपालका चर्चित गायक खरेल दुबइमा कन्सर्ट गरे लगत्तै लन्डन आएका हुन् । उनका म बिना कसै कसैलाई मुश्किल छ पोखरामा…उसले जति माया तिम्लाई मैले पनि दिन्थें होला…याद गर्न पनि कोही न कोही त चाहिंदो रहेछ…आदि गीत हिट छन् ।
हास्यकलाकारद्धयको बेग्लै प्रतिष्ठा छ नेपालमा । एकताका खुबै चर्चित हांस्य श्रृंखला जिरे खुर्सानीमा मुखां हान्नु जस्तो थेगोले पौडेल र राता मकै थेगोका कारण केसी चर्चित थिए ।
सुरु भयो एनआरएनए र आईएलओको सहकार्यमा रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला
संयुक्त राष्ट्रसङ्घको मुख्यालय यूयोर्कमा मनाइयो आरोग्य दिवस
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ