लन्डन । नेपाल सरकारले भूकम्पको वार्षिकी मनाएर पुनर्निर्माणमा सक्रिय हुने अठोट व्यक्त गरिरहंदा बेलायती संसदमा नेपालबारे चासो व्यक्त भएको छ । हाउस अफ कमन्समा भएको नेपाल बहसमा सहभागी झण्डै तीन दर्जन सांसदमध्ये अधिकांशले पुनर्निर्माणमा भएको ढिलाइबारे चिन्ता व्यक्त गरेका छन् । नेपाल सरकारले भूकम्पको वर्ष दिन पुग्दा पनि पुनर्निर्माणको काम बिलम्ब गर्दा दाताहरुमा निरासा छाएको उनीहरुको निष्कर्ष छ । भूकम्पपछि विश्व बैंक तथा नेपाल सरकारले झण्डै ७ बिलियन डलर क्षति भएको तथ्यांक पेश गरेको बताउंदै सांसदहरुले अब आर्थिक वृद्धिदर प्रमुख आवश्यकता भएको बताएका थिए ।
प्रतिपक्षी लेबोरका ह्यारो वेष्ट क्षेत्रका सांसद ग्यारेथ थोमसले संसदमा नेपाललाई बहसमा ल्याएका हुन् । उनले संसदमा नेपाल विश्वकै सुन्दर र बेलायतसंग गहिरो एवं लामो सम्बन्ध रहेको देश भन्दै भूकम्पका कारण करिब ९ हजारको ज्यान गएको, २३ हजार घाइते भएका, दश लाख घर ध्वस्त र ३१ जिल्ला अति प्रभावित भएको नालीबेली दिए । करिब ८० लाख जनता चरम गरिवीमा बांचेका, २० लाख मानिस सफा पिउने पानी आपूर्तिबाट वञ्चित र आधा जनसंख्या शौचालय सुविधाबाट वञ्चित रहेका विवरण सुनाउंदै थोमसले भूकम्पको वर्ष दिन पुग्दा अब पुनर्निर्माण मुख्य चासोको विषय रहेको सुनाए । उनले पुनर्निर्माण प्राधिकरण अझै कर्मचारीबिहीन (करिब ७५ प्रतिशत कम) को अवस्थामा रहेको सुनेको बताउंदै किन यस्तो भयो भनि आश्चर्य व्यक्त गरेका थिए ।
बहसमा सांसद जिम स्याननले विभिन्न मुलुकले पुनर्निर्माणका लागि मात्र २ दशमलव ८७ बिलियन पाउण्डको प्रतिवद्धता गरेकामा नेपाल सरकारले अहिलेसम्म किन केही काम नगरेको ? भनि प्रश्न गरेका थिए ।
बहसमा नेपालसंग निकट रहेर काम गरिरहेका डिएफआइडी मन्त्री पनि सहभागी थिए । डिएफआइडी (डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट) राज्यमन्त्री डेसमन्ड स्वायनले नेपालमा राजनीतिक समस्या, भ्रष्टाचार, कर्मचारीतन्त्र र शासन पद्धति मुख्य समस्या भएको जनाउंदै नेपालले पुनर्निर्माणको दीर्घकालिन समाधानका लागि लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिए । संयुक्त राष्ट्रसंघ र अन्य दाताहरुसंग आफ्नो नियमित सम्पर्क भइरहेको जनाउंदै स्वायनले पुनर्निर्माण प्राधिकरणले अझै काम शुरु नगरेकाले दाताहरुमा निरासा छाएको बताएका थिए ।
भूकम्पपछि बेलायत र यहांका जनताले तत्काल उद्दार तथा राहत सामाग्री उपलव्ध गराएको सम्झंदै डिजास्टर इमर्जेन्सी कमिटी (डिइसी) ले ८५ मिलियन पाउण्ड संकलन गरेको र बेलायत सरकारले ७० मिलियन पाउण्ड प्रतिवद्धता गरेको मध्ये ३० मिलियन पाउण्ड खर्च भइसकेको उनले संसदलाई जानकारी दिए ।
स्वायनले भूकम्पपछि उद्दार तथा राहतका लागि बेलायतले चिनुक हेलिकप्टर उपलव्ध गराउंदा समेत नेपालले प्रयोग नगरेकामा आफ्नो निरासा व्यक्त गरेका थिए ।
भूकम्पले ६० लाख गरिबी संख्या नाकाबन्दीपछि ८० लाखमा धकेलिएको उल्लेख
गर्दै उनले भूकम्प भन्दा नाकाबन्दीले अर्थतन्त्र झन् तहसनहस पारेको बताए ।
सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष इलिङ साउथहल सांसद बीरेन्द्र शर्माले देशको पुनर्निर्माणमा विभिन्न च्यारिटी संस्था र व्यक्तिहरुले तिनका ज्ञान र सीप लगाएको बताउंदै बेलायत सरकार नेपाल र नेपाली जनतासंग एक साथ काम गर्न चाहेको बताए ।
इलिङ नर्थका सांसद स्टेफेन पाउण्डले भूकम्पपछि लन्डन इलिङ र ग्रीनफोर्डका रोटरियनहरुले पश्चिमा सहयोगमै पहिलो पटक नेपाल पुगेर आश्रय प्रदान गरेको स्मरण गरे ।
फेल्थाम र हेस्टन क्षेत्रकी सांसद सिमा मल्होत्राले केही साताअघिमात्र आफूले नेपाल भ्रमण गरेको उल्लेख गर्दै पुनर्निर्माणसंगै नेपालको अर्थतन्त्रमा सुधार आवश्यक रहेको बताइन् । उनले बेलायत नेपालबीच व्यापार अवसरलाई थप जोड दिनुपर्ने बताइन् ।
कन्जरभेटिभका सांसद सर जेराल्ड होवार्थले आफ्नो क्षेत्रमा दश हजार नेपाली बसोवास गर्ने र रसमोर रोटरी र फार्नबोरो रोटरीले तत्काल सडकमा आएर आर्थिक संकलन थालेको जानकारी दिए । उनले स्थानीय समुदायबाट स्वतस्फूर्त सहयोग भएको पनि जनाए । उनले सरकार असफल भएपनि निजी स्तरबाट धेरै काम भएको बताए । इकान्तिपुर
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा