
लन्डन । बुधवार सांझ लन्डन दूतावासको माहोल अलिक फरक थियो । उपप्रधानमन्त्री कमल थापा प्रमुख अतिथी तर कार्यक्रम राजनीतिक थिएन । सहभागी पनि विगत जस्तो उही अनुहार र नेपाली संघसंस्थाका प्रतिनिधि थिएनन् ।
नेपलिज क्याटरर्स एसोसिएसन यूकेले बेलायत नेपाल दौत्य सम्वन्धको दुई सय वर्ष गांठका अवसरमा प्रकाशन गरेको ‘टेष्ट अफ नेपाल’ पुस्तक विमोचनको उक्त माहोलमा लगभग बेलायतका रेष्टुरेन्ट व्यवसायी सहभागी थिए ।
बुधबार सांझ उपप्रधानमन्त्री थापा, कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री र सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष सांसद बीरेन्द्र शर्माले संयुक्त रुपमा उक्त ऐतिहासिक पुस्तक विमोचन गरेका छन् । लन्डन दूतावासको सहकार्यमा एसोसिएसनले पुस्तक निकालेको हो ।
एकसय ४ पृष्ठको उक्त रंगीन पुस्तकमा बेलायतमा नेपाली रेष्टुरेन्टको इतिहास, यसका जन्मदाता, पुराना सेफहरुको व्यक्तित्व विवरण, नेपाली खानाको रेसिपी र बेलायतस्थित अधिकांश नेपाली रेष्टुरेन्टहरुको सम्पर्क विवरण राखिएको छ ।
मन्तव्यका क्रममा उपप्रधानमन्त्री थापाले पुस्तकले नेपाली खाना अन्तर्राष्टिय स्तरमा पुग्न सघाउने र रेष्टुरेन्ट व्यवसाय समेत लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले नेपाली संस्कृति, विविधता र सामाजिक एकता गर्वको विषय रहेको उल्लेख
व्यवस्थापिका संसदका ९० प्रतिशत जनप्रतिनिधिले हस्ताक्षर गरेर नयां संविधान जारी भएपछि नेपाल अब नयां युगमा प्रवेश गरिसकेको दाबी गरे । ‘सामाजिक आर्थिक रुपान्तरण नभएसम्म देश विकास सम्भव छैन् । त्यसैले अबको हाम्रो प्राथमिकता आर्थिक विकास तर्फ हुनेछ’, उनले भने ।
विशेष अतिथी सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष सांसद बीरेन्द्र शर्माले बेलायत सरकार नेपाली जनता र सरकारसंग एक भएर काम गर्न चाहेको बताए । उनले गत सोमबारमात्र भूकम्पको एक वर्ष पुगेको दिनमा संसदमा नेपाल सम्वन्धि वहस हुंदा करिब अढाइ दर्जन बेलायती सांसदले नेपालको चिन्ता लिंदै सहयोगका लागि सधैं प्रतिवद्ध रहेको स्मरण गरे ।
कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले पुस्तकले नेपाली खाना र हस्पिटालिटी बेलायती बजारमा अझ प्रवर्धन हुने आशा व्यक्त गरे । क्षेत्रीकै परिकल्पनामा क्याटरर्स एसोसिएसनले दुई सय वर्ष गांठमा उक्त पुस्तक प्रकाशन गरेको हो ।
कार्यक्रममा प्राध्यापक डा. सूर्य सुवेदीले समिक्षाका क्रममा पुस्तक ऐतिहासिक र संग्रहनीय रहेको जनाए । उनले पुस्तकबाट ब्रिटिशहरुले नेपाली खाना सम्वन्धि थप जानकारी लिन सक्ने पनि उल्लेख गरे । डा. सुवेदीले बेलायती जनताले भूकम्पका बेला स्वतस्फूर्त नेपाल र नेपाली जनतालाई सहयोग गरेकामा आभार समेत व्यक्त गरे ।
एनआरएनए आइसीसी यूके सदस्य संगिता मरहट्ठाले सञ्चालन गरेको कार्यक्रममा एसोसिएसनका महासचिव किशोर सापकोटाले संस्थाका गतिविधि र नेपाली रेष्टुरेन्टबारे प्रकाश पारेका थिए ।
उक्त अवसरमा एसोसिएसन अध्यक्ष विजय थापाले विज्ञापनदाता र अन्य सहयोगीलाई धन्यवाद दिए । एसोसिएसनले सहयोगीलाई टोकन अफ लभ समेत दिएको छ ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई